लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको लागि प्रेस विज्ञप्ति लेखन कार्यशाला आयोजना गरेको छ ।
यही शनिबार जनवरी ८ तारिख शनिबारका दिन भर्चुअल ‘जुम’ बाट सो कार्यशाला संचालन हुने शाखाका महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए । सो कार्यक्रमका संयोजक समेत रहेका बस्नेतका अनुसार कार्यशालामा बेलायतस्थित नेपाली संघसंस्थालाई आमन्त्रण गरिएको छ।
आमन्त्रित संघसंस्थालाई कार्यशालामा आफ्ना अध्यक्ष, सचिव, मिडिया संयोजक लगायतका पदाधिकारीबाट एक वा बढी प्रतिनिधि पठाउन अनुरोध गरिएको छ ।
कार्यशाला बिहान १० देखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ ।
कार्यशालामा सहभागी संघसंस्थाका प्रतिनिधिलाई प्रेस रिलिज/ प्रेस नोट कसरी लेख्ने, के के जानकारी राख्ने, के के नराख्ने जस्ता विषयमा जानकारी गराइनेछ । त्यस्तै, मिडियालाई कसरी सम्पर्क गर्ने, आफ्ना गतिविधि वा कार्यक्रमसम्बन्धी सूचना, जानकारी मिडियामा कसरी पठाउने भन्ने जस्ता व्यावहारिक परामर्श पनि दिइनेछ ।
कार्यशालाका मुख्य प्रस्तोता शाखाका निवर्तमान अध्यक्ष एवम् वीनेपालीडटकमका सम्पादक नरेश खपांगीमगर रहनेछन् । व्यावसायिक पत्रकारितामा दुई दशक लामो अनुभव संगालेका खपांगीमगरले नेपालमा रहँदा गोर्खापत्र दैनिकसहितका कयौं प्रतिष्ठित राष्ट्रिय मिडियामा काम गरिसकेका छन् ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाले बेलायतस्थित नेपाली समुदायसँगको सम्बन्ध र आपसी सहकार्यलाई सुदृढ पार्दै लैजाने लक्ष्यअनुरुप कार्यशाला आयोजना गर्न लागेको अध्यक्ष ध्रुवराज अर्यालले बताए ।
‘बेलायतको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर काम गर्ने हाम्रो कोसिस हो’, अर्यालले भने, ‘कार्यशालाले मिडियामा हाम्रो समुदायको पहुँच बढाउन र सहज बनाउन सहयोग पुर्याउने आशा लिएका छौं ।’
शाखाले कार्यशालामा सहभागिताका लागि बेलायतका सम्पूर्ण नेपाली संघसंस्थालाई आव्हान गरेको छ । प्राविधिक कारणले कसैलाई निमन्त्रणा नपुगेको भए समेत कार्यक्रममा सहभागी हुन सक्ने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुने आफ्ना प्रतिनिधिको नाम शुक्रबारभित्रै शाखालाई जानकारी गराउन पनि संस्थाहरुलाई आग्रह गरिएको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]