लण्डन । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएका कारण लण्डनको नयाँ वर्षको कार्यक्रम रद्द गरिएको छ ।
विगतमा नयाँ वर्षको आतसबाजी विश्वभर प्रख्यात थियो तर कोरोना संक्रमणका कारण गत वर्ष पनि सो आतसबाजी गरिएको थिएन र यस वर्ष लण्डनको ट्राफलगर स्क्वायरमा नयाँ वर्षको कार्यक्रम आयोजना गरिएको थियो । तर लण्डनका मेयर सादिक खानले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण सो कार्यक्रम गर्न नसकिने भन्दै सोमबार सो कार्यक्रम रद्द गरेका छन् ।
करिब ६ हजार ५०० मानिसहरु जम्मा हने सो कार्यक्रम जनसुरक्षाका कारण रद्द गर्न परेको उनले बताएका छन् ।
यस वर्षपनि लण्डनका केही प्रतीकात्मक स्थलबाट लाइभ प्रसारण गरेर नयाँ वर्ष मनाइने खानले बताएका छन् । ‘यो लण्डनबासीका लागि बेखुशीको कुरा हो, तर भाइरस फैलन नदिन हामीले ठीक निर्णय पनि लिनै पर्ने भएको छ’ उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने