लण्डन । बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट एकैदिनमा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् ।
योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार १०१ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।
त्यसैगरी, कोरोनाभाइरसबाट भने एकैदिनमा ८२ हजार ८८६ जना सङ्क्रमित भएका छन् । बेलायतमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ६१ हजार ३८७ पुगेको जनाइएको छ । यसअघि गत शनिबार एकैदिन ९० हजारभन्दा बढी सङ्क्रमित भएका थिए । बेलायतमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै भएको छ ।
बेलायतमा एकैदिनमा अहिलेसम्म सवैभन्दा धेरै ९३ हजार ४५ जना सङ्क्रमित भएका थिए । पछिल्लो एक दिनमा कोरोनाका कारण ४५ जनाको मृत्यु भएको छ ।
बेलायतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार २१८ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग