
सहारा युकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ र नवनिर्वाचित अध्यक्ष कुसाङ गुरुङ । तस्वीर मिलन तमु गुरुङ
लण्डन । सहारा युकेको अध्यक्षमा लेफ्टिनेण्ट रिटायर्ड कुसाङकुमार गुरुङ निर्वाचित भएका छन् ।
सहाराको शनिबार सम्पन्न छैटौँ अधिवेसनले गुरुङको अध्यक्षतामा सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण गुरुङ, महासचिव मनोज गुरुङ, सचिवमा वाचस्पति रेग्मी, कोषाध्यक्षमा कुमार थापा, सहकोषाध्यक्षमा जगन गुरुङ र सहारा फुटबल क्लवको अध्यक्षमा शारदा गुरुङ निर्वाचित भएका छन् ।
यसैगरी सहारा फुटबल क्लवको प्रमुख कार्यकारी अधिकृतमा क्याप्टेन रिटायर्ड पिताम्बर गुरुङ, खेलकुद सचिवमा अनिल गुरुङ, युवा खेल संयोजकमा सन्दीप उपाध्याय, सदस्यहरुमा मिलन तमु गुरुङ, श्रीमती मन्जु गुरुङ, श्रीमती सुधा गुरुङ, मेघ गुरुङ, प्रेम गुरुङ, समशेर गुरुङ, दल गुरुङ, ध्रुव गौतम र सूर्य गुरुङ चयन भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने