लण्डन । विश्वको शक्ति राष्ट्रहरुमध्ये एक बेलायतसित कति सैनिक शक्ति होला ? धेरैको चासोको विषय बन्न सक्छ । कतिपय मुलुकहरुले सैनिक संख्यालाई सुरक्षाको विषय भनेर सार्वजनिक गर्दैनन् तर बेलायतमा भने नियमितरुपमा सैनिक संख्या सार्वजनिक गर्ने गरिन्छ ।
यसैक्रममा बिहीबार बेलायती रक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १ अक्टोवर २०२१ सम्ममा बेलायतसित १ लाख ९८ हजार ९४० सैन्यशक्ति छ । जो गत वर्षको तुलनामा ३ हजार ८ सय ९० जनाले बढी छ । तीमध्ये १ लाख ३७ हजार १३० जना पूर्णकालिन सैनिक छन् भने बाँकी रिजर्भ बलमा ।
गत वर्ष बेलायती सेनामा १७ हजार ७० सैनिक नयाँ भर्ना भएका छन् भने १३ हजार ८५० जना सेवा निवृत्त भएका छन् । यसैगरी, गत वर्ष ३२ हजार ७० जना रिजर्भ बलमा भर्ना भएका छन् ।
रोयल नेभी वा रोयल मरिनमा ४० हजार ६५० जना सैनिक कार्यरत रहेका छन् भने रोयल एयर फोर्समा ३७ हजार ९९० जना सैनिक सेवारत छन् ।
बितेका तीन वर्षमा बेलायती सेनाको सबै ट्रेडमा (स्वयंसेवकबाहेक) सैनिकहरुको संख्या बढ्दो पाइएको छ ।
गोरखाको संख्या बढ्दै
गोरखाहरुको संख्या विगत तीन वर्षमा करिब छ प्रतिशतले बढेको छ । सन् २०१८ को अक्टोबरमा ३ हजार ९० जना गोरखा बेलायती सेनामा कार्यरत थिए भने सन् २०१९ को अक्टोवरमा त्यो संख्या बढेर ३ हजार ३८० पुगेको थियो । सन् २०२० को अक्टोबरमा अरु वृद्धि हुँदै ३ हजार ७४० पुगेको थियो भने सन् २०२१ को अक्टोबरमा सेवारत गोरखाहरुको संख्या बढेर ३ हजार ९६० पुगेको छ । तर यो संख्यामा गोरखा ब्रिगेडबाहेक अरु पल्टनमा कार्यरत नेपाली मूलका सैनिकहरु भने गणना गरिएको छैन ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’