लण्डन । बेलायतमा नेपालीहरूको बाक्लो बसोबास रहेको अल्डरसटमा नेपाली व्यवसायीहरूबाट संचालित दुई सुन पसल बिहीबार राति चोरी भएको छ ।
स्थानीय काउन्सिलर जीव बेलबासेले प्रहरीबाट पाएको जानकारी अनुसार राति ३ बजे लुटेराहरूले गाडीले हानेर अनुग्रह र न्यू लक्ष्मी ज्वेलरी चोरेको जानकारी दिए ।
प्रहरी आएपछि लुटेराहरू घटनामा प्रयोग भएको गाडी छोडेर भागेको बताइएको छ ।
घटनामा के कति चोरी भयो खुल्न बॉकी छ ।
ह्याम्पसायर प्रहरीमा कार्यरत सामुदायिक प्रहरी अधिकृत दुर्गा थापाले सो घटनाको अनुसंधान चलिरहेकाले विस्तृत विवरण आउन केही समय लाग्ने बताए ।
रसमुर क्षेत्रमा नेपालीहरूको घर र पसलहरूमा गरगहना लक्षीत गरी चोरी भइरहेकोमा चिन्ता व्यक्त गर्दै काउन्सिलर वेल्वासेले नेपालीहरूलाई प्रहरीको सल्लाह पालना गर्न सुझाव दिए ।
तस्वीरहरु गोरखा मिडिया
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’