लण्डन । बुद्ध फाउण्डेसन युकेको आइतबार लण्डनमा सम्पन्न प्रथम साधारण सभाले पुन दीपक श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।
आगामी तीन वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सचिन श्रेष्ठ, उपाध्यक्षहरुमा अर्जुन कटुवाल, जीवन सेन, प्रसुना कँडेल, महासचिवमा लक्ष्मी थापा (लारा) राई, सचिवमा सुरेन रुपाखेती, कोषाध्यक्षमा तेजेन्द्र रोकामगर, सहकोषाध्यक्षमा निरन्जन खड्का रहेका छन् ।
यस्तै, प्रवक्तामा लछुमन गुरुङ, इभेन्ट कोअर्डिनेटरमा ह्यारी गुरुङ, ज्वाइन्ट इभेन्ट कोअर्डिनेटरमा निलहरि घिमिरे, युथ कोअर्डिनेटरमा किशोर राना, वुमन कोअर्डिनेटरमा बन्दना केसी, वुमन भाइस कोअर्डिनेटरमा मेनका चन्द, कल्चरल कोअर्डिनेटरमा सूर्य गुरुङ, ज्वाइन्ट कल्चरल कोअर्डिनेटरमा सुश्री दिलु थापा, मिडिया कोअर्डिनेटरमा वाचस्पति रेग्मी, सोसल मिडिया कोअर्डिनेटरमा दीपक थापा माइथाने, स्पोर्टस् कोअर्डिनेटर चन्दन गुरुङ, आइटी कोअर्डिनेटर सन्तोष मण्डल चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा कृष्ण भण्डारी वेल्स, विजय डंगोल स्कटल्याण्ड, रविन्द्र शर्मा मिडल्याण्ड, नारायण कुँवर नर्दन आयरल्याण्ड, धनराज मल्ल, सुक गुरुङ, अर्चना गुरुङ, अन्जना थापा, प्रतिमा जोशी, ईश्वर महर्जन, मीनबहादुर पुन, दीर्घ केसी, रामकुमार थापा, जय श्रेष्ठ र गोकुल खरेल रहेका छन् ।
फाउण्डेसनले हरेक बुद्धजयन्तीको अवसरमा लण्डनको ट्राफलगर स्क्वायरमा कार्यक्रम आयोजना गर्ने गरेको छ ।
साधारण सभाको उद्घाटन बेलायतका लागि नेपाली कार्यबाहक राजदुत श्रीमती रोशन खनालले गरेकी थिइन् ।
उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि महन्थ श्रेष्ठ, बुद्धिष्ट कम्युनिटी सेन्टरका संस्थापक अध्यक्ष काजी शेर्पा, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डा कपिल रिजाल, गोरखाली समाज युकेका अध्यक्ष कर्ण दर्लामी, एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्का र कोषाध्यक्ष विष्णु खरेल, एनआरएनए युकेका पूर्व महासचिव फडिन्द्र भट्टराई, नेपाल पत्रकार महासंघ युकेका संस्थापक अध्यक्ष नविन पोखरेल र वर्तमान अध्यक्ष ध्रुवराज अर्याल, पासापुच गुठी साउथ इष्टका अध्यक्ष माधवलाल श्रेष्ठ, रोयल ग्रीनिच नेपाली सोसाइटीका अध्यक्ष जित रानाभाट, दिदीबहिनी समूहकी श्रद्धा थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल, नेपाल पर्यटन बोर्डका प्रतिनिधि महन्थ श्रेष्ठ, समाजसेवी शिवजी श्रेष्ठ, बीसीसी युकेका संस्थापक अध्यक्ष काजी शेर्पा तथा कार्यबाहक राजदुत रोशन खनालले शुभकामना दिएका थिए ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत