रोम । इटालीको दक्षिणी क्याम्पानिया क्षेत्रका एक नागरिकमा कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट को पहिचान गरिएको इटालियाली अधिकारीलाई उद्धृत गरी यहाँको सरकारी समाचार संस्था (आन्सा)ले आइतबार समाचार सम्प्रेषण गरेको छ ।
सङ्क्रमित व्यक्ति ‘केही दिन पहिले’ मोजाम्बिकबाट मिलान फर्केका बताइएको छ ।
एउटा अन्तरराष्ट्रिय कम्पनीका कर्मचारी ती बिरामीले दुवै मात्रा खोप लगाइएको थियो ।
आइतबार क्याम्पानिया क्षेत्रको प्रशासनद्वारा जारी वक्तव्यमा भनिएको छ,“दक्षिण अफ्रिकाबाट फर्केका ती नागरिकमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै उनको पाँच जनाको परिवार र उनलाई सङ्क्रमण फैलिन रोक्न भनी तत्काल छुट्टै राखी उपचार सेवा शुरू गरिएको छ ।
मिलानस्थित साक्को अस्पतालमा परीक्षण पछि मोजाम्बिकबाट आएका ती व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको हो ।
बिरामी र उनका परिवार सबै स्वास्थ्य संस्थाको सम्पर्कमा रहेको र अहिलेसम्म सबैको स्वास्थ्य अवस्था राम्रो रहेको आइतबार इटालीको नेशनल इन्स्टिच्यूट अफ हेल्थले जानकारी गराएको छ ।
विश्व स्वास्थ्य संगठनले गत शुक्रबार सार्स–कोभ–२ को नवीनतम संस्करण बी.१.१.५२९ लाई ‘चिन्ताको विषय’ घोषणा गरेको थियो । संगठनले यो संस्करणलाई कोभिडको खतरनाक भाइरस भन्दै आधिकारिक रूपमा यसलाई ग्रीक नाम ओमिक्रोन दिएको थियो । विश्व स्वास्थ्य संगठनले विश्व समुदायलाई यस नयाँ ‘भेरिएन्ट’ विरुद्ध निगरानी र नियन्त्रणको प्रयासलाई अझ बढाउन आग्रह गरेको छ ।
शनिबार इटालियाली स्वास्थ्य मन्त्री रोबर्टो स्पेरान्जाले विगत १४ दिनमा दक्षिण अफ्रिका, लेसोथो, बोत्स्वाना, जिम्बाबे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी र मलावीको भ्रमण गरेका मानिसहरूमाथि यात्रा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय