लण्डन । नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) माथि हस्तक्षेप गर्दै अर्को निर्देशनात्मक पत्र जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीद्वारा हस्ताक्षर गरिएको पत्रमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई कार्यकाल सकिएकाले कुनै कामकारबाही नगर्न भनिएको छ ।
साथै एनआरएनए आइसिसीको निर्वाचन संरक्षक परिषदबाट मात्र दिन निर्देशन दिइएको छ । आइसिसीले केही दिन अघि मात्र डिसेम्बर १५ मा निर्वाचन गर्ने र डिसेम्बर १७ र १८ मा सम्मेलन गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले एनआरएनए अधिवेसनका लागि ६५ प्रतिशत प्रतिनिधि पनि नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदबाट पठाउन निर्देशन दिएको छ ।यसअघि ती प्रतिनिधि तत्कालिन समितिबाट चुनिएका थिए ।
मन्त्रालयले यसअघि पनि भदौ २५ गते र असोज २२ गते एनआरएनए आइसिसीलाई निर्देशन दिएको थियो ।
उता एनआरएनए आइसिसीका प्रवक्ता डिबी क्षेत्रीले मन्त्रालयको निर्देशन मान्न नसकिने प्रतिक्रिया दिए । ‘आइसिसीको वैधानिकता सकिएको भन्ने अनि त्यही आइसिसीले बनाएको संरक्षक परिषद् चाहिँ कसरी बैधानिक हुनसक्छ’ उनले प्रश्न गरे ।
उनले मन्त्रालयलाई एकपटक अनुरोध गर्ने र तत्पश्चात पनि स्थिति उही रहिरहेमा अदालत पनि जाने र पूर्वघोषित कार्यक्रमअनुसार निर्वाचनमा जाने बताए । ‘मन्त्रालयको पटकपटकको हस्तक्षेप संस्थाले मान्न सक्दैन । एकपटक (मन्त्रालयसित) आग्रह गर्छौँ चुनाव जसले जिते पनि पूर्ववत कार्यक्रम अघि बढाउँछौँ ‘ उनले भने ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते