लण्डन । नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) माथि हस्तक्षेप गर्दै अर्को निर्देशनात्मक पत्र जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीद्वारा हस्ताक्षर गरिएको पत्रमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई कार्यकाल सकिएकाले कुनै कामकारबाही नगर्न भनिएको छ ।
साथै एनआरएनए आइसिसीको निर्वाचन संरक्षक परिषदबाट मात्र दिन निर्देशन दिइएको छ । आइसिसीले केही दिन अघि मात्र डिसेम्बर १५ मा निर्वाचन गर्ने र डिसेम्बर १७ र १८ मा सम्मेलन गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले एनआरएनए अधिवेसनका लागि ६५ प्रतिशत प्रतिनिधि पनि नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदबाट पठाउन निर्देशन दिएको छ ।यसअघि ती प्रतिनिधि तत्कालिन समितिबाट चुनिएका थिए ।
मन्त्रालयले यसअघि पनि भदौ २५ गते र असोज २२ गते एनआरएनए आइसिसीलाई निर्देशन दिएको थियो ।
उता एनआरएनए आइसिसीका प्रवक्ता डिबी क्षेत्रीले मन्त्रालयको निर्देशन मान्न नसकिने प्रतिक्रिया दिए । ‘आइसिसीको वैधानिकता सकिएको भन्ने अनि त्यही आइसिसीले बनाएको संरक्षक परिषद् चाहिँ कसरी बैधानिक हुनसक्छ’ उनले प्रश्न गरे ।
उनले मन्त्रालयलाई एकपटक अनुरोध गर्ने र तत्पश्चात पनि स्थिति उही रहिरहेमा अदालत पनि जाने र पूर्वघोषित कार्यक्रमअनुसार निर्वाचनमा जाने बताए । ‘मन्त्रालयको पटकपटकको हस्तक्षेप संस्थाले मान्न सक्दैन । एकपटक (मन्त्रालयसित) आग्रह गर्छौँ चुनाव जसले जिते पनि पूर्ववत कार्यक्रम अघि बढाउँछौँ ‘ उनले भने ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार