लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको मिडिया संयोजकमा शिव भण्डारी चयन भएका छन् ।
एनआरएनए युकेको कार्यसमितिले लण्डन नेपाल न्यूजका प्रधान सम्पादक समेत रहेका भण्डारीलाई संयोजक पदमा मनोनयन गरेको हो ।
नेपाल पत्रकार महासंघ यूके शाखाका उपाध्यक्षसमेत रहेका भण्डारीसित नेपाल पत्रकार महासंघ यूकेको दुई कार्यकाल सचिवमा निर्वाचित भइ काम गरेको अनुभव छ । यस्तै उनी गुल्मी जिल्ला समाज युकेका पूर्व महासचिव पनि हुन् ।
लगनशीलता र मेहेनतका साथ बेलायतस्थित नेपाली समुदायमा सक्रिय पत्रकारको भूमिका निर्वाह गरेका कारण महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको आफूले महसुस गरेको उनले बताए । भण्डारी बेलायतमा १२ वर्षदेखि पत्रकारितामा छन् ।
गुल्मी धुर्कोट स्थायी घर भएका भण्डारीले करिब एक दशकअघि लण्डन नेपाल न्यूज नामक आफ्नै अनलाइन समाचार पोर्टल शुरू गरेका थिए ।
भण्डारीको नेतृत्वमा सञ्चालित लण्डन नेपाल न्यूज हाल बेलायतमा एक प्रमुख अनलाइन पत्रिका मानिन्छ ।
मिडिया संयोजकको रुपमा जिम्मेवारी दिइएको प्रति उनले एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरसहितको कार्यसमितिलाई आभार व्यक्त गर्दै आफूले पाएको जिम्मेवारी पूर्ण रुपमा दत्तचित्त भएर पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन