
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके लण्डन शाखाका नवनिर्वाचित अध्यक्ष गोपाल तामाङ्गको विशेष उपस्थितिमा बीसीसी गुम्बा अल्डरसटमा विशेष पूजा सम्पन्न भएको छ ।
हिजो बुधबार, ३ नोभेम्बरका दिन अल्डरसटस्थित गुम्बामा बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने माहाकालाको अवसरमा चोद पूजाको आयोजना गरिएको थियो ।
बिसीसी युकेका लामा गुरु खेन्पो कुन्ख्यापले बौद्ध धर्ममा माहाकाला र चोदको महत्वबारे जानकारी गराउँदै चोद पूजा गरेका थिए । सो अवसरमा नवनिर्वाचित शाखा अध्यक्ष गोपाल तामाङ्गले गुम्बाको नियमित पूजामा आफू शाखाको प्रतिनिधित्व गरेर आएको बताउँदै १०८ वटा बत्तीसमेत बालेका थिए ।
शाखा अध्यक्षमा निर्वाचित भएपछि बीसीसी युकेको गुम्बामा पहिलोपटक आएका शाखा अध्यक्ष गोपाल तामाङ्गले गुम्बाको अवलोकन गरी खेन्पो गुरु कुन्ख्यापसँग दर्शनभेट गरेका थिए ।
स्मरण रहोस्, गत अक्टोबर महिनामा सम्पन्न बीसीसी लण्डन शाखाको अविधेशनले गोपाल तामाङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’