लण्डन । बेलायतको औषधि सम्बन्धी नियामक निकायले कोभिडका विरुद्ध खाने औषधिलाई अनुमति दिएको छ ।
मोल्नुपियाभिर नाम गरेको सो चक्की औषधि कोभिडका बिरामीहरुलाई दिनको दुई पटक दिइनु पर्दछ । फ्लुको उपचारका लागि विकास गरिएको सो औषधिले परीक्षणका क्रममा आधाजसो कोभिडका बिरामीहरुलाई अस्पताल भर्ना हुनबाट बचाएको पाइएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाभिदले सो चक्की कमजोर रोगप्रतिरोधात्मक क्षमता भएकाहरुका लागि प्रभावकारी हुने आशा व्यक्त गरेका छन् ।
यो औषधि कोभिडका विरुद्ध खाने गरी विकसित गरिएको पहिलो औषधि हो । अमेरिकी औषधि निर्माता कम्पनीहरुले सोको उत्पादन गरेका हुन् ।
बेलायतको नियामक निकाय मेडिसिन एण्ड हेल्थ केयर प्रोडक्ट रेगुलेटरी एजेन्सी (एमएचआरए) ले सो औषधि मध्यम किसिमको कोभिड भएका र कम्तीमा गम्भीर बिरामी हुने एउटा जोखिम रहेकाहरुलाई सिफारिस गरेको छ । मोटोपन भएका, वृद्ध, मधुमेहका बिरामी र मुटुका रोगीलाई सिफारिस गरेको छ ।
बेलायतले किनेको सो औषधिको ४ लाख ८० हजार चक्की यसै वर्षको अन्त्य सम्ममा उपलब्ध हुने बताइएको छ । यस्तै फाइजरले परीक्षण गर्दै गरेको मुखबाट खाने चक्कीको पनि २ लाख ५० हजार चक्की बेलायतले अर्डर गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’