लण्डन । बेलायतको औषधि सम्बन्धी नियामक निकायले कोभिडका विरुद्ध खाने औषधिलाई अनुमति दिएको छ ।
मोल्नुपियाभिर नाम गरेको सो चक्की औषधि कोभिडका बिरामीहरुलाई दिनको दुई पटक दिइनु पर्दछ । फ्लुको उपचारका लागि विकास गरिएको सो औषधिले परीक्षणका क्रममा आधाजसो कोभिडका बिरामीहरुलाई अस्पताल भर्ना हुनबाट बचाएको पाइएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाभिदले सो चक्की कमजोर रोगप्रतिरोधात्मक क्षमता भएकाहरुका लागि प्रभावकारी हुने आशा व्यक्त गरेका छन् ।
यो औषधि कोभिडका विरुद्ध खाने गरी विकसित गरिएको पहिलो औषधि हो । अमेरिकी औषधि निर्माता कम्पनीहरुले सोको उत्पादन गरेका हुन् ।
बेलायतको नियामक निकाय मेडिसिन एण्ड हेल्थ केयर प्रोडक्ट रेगुलेटरी एजेन्सी (एमएचआरए) ले सो औषधि मध्यम किसिमको कोभिड भएका र कम्तीमा गम्भीर बिरामी हुने एउटा जोखिम रहेकाहरुलाई सिफारिस गरेको छ । मोटोपन भएका, वृद्ध, मधुमेहका बिरामी र मुटुका रोगीलाई सिफारिस गरेको छ ।
बेलायतले किनेको सो औषधिको ४ लाख ८० हजार चक्की यसै वर्षको अन्त्य सम्ममा उपलब्ध हुने बताइएको छ । यस्तै फाइजरले परीक्षण गर्दै गरेको मुखबाट खाने चक्कीको पनि २ लाख ५० हजार चक्की बेलायतले अर्डर गरेको छ ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार