लण्डन । २०७२ सालमा गएको विनाशकारी भूकम्पको केन्द्रविन्दुका रुपमा परिचित बारपाक गाउँको सुन्दरतालाई समेटेर बेलायतमा बसोबासरत कुल घलेले ‘आउ है साेल्टी बारपाक गावैमा’ नामक गीत ल्याएका छन् ।
बारपाक पुर्ख्यौली घर भएका पूर्व गोरखा सैनिक घलेको रचना रहेको सो कौरा गीतमा गायक चेतन गोतामे र गायिका ममता गुरुङको आवाज रहेको छ भने संगीत पनि गोतामेले नै भरेका छन् ।
बारपाकमा नै पुगेर छायाँकन गरिएको सो गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भइसकेको छ । गीतको भिडियोमा मोडल गणेशमान घले र मीरा गुरुङको अभिनय छ भने सुजन सुर्खेतीको कोरियोग्राफी रहेको छ । गायक गोतामेले नै भिडियोको पनि निर्देशन गरेका छन् भिडियो सम्पादनको कार्यभार मनोज कार्कीले तथा छायांकन दुर्गा पौडेलले सम्हालेका छन् ।
गीतमा बारपाकको वास्तविक अवस्थालाई समेट्न कोसिस गरिएको गीतकार घलेले बताए । ‘बारपाक भूकम्पको केन्द्रविन्दूका रुपमा मात्र होइन यसका अरु पहिचान पनि छन्’ भन्ने गीतमा दर्शाउन खोजिएको उनको दाबी छ । वार्पाकको पर्यटकीय, सांस्कृतिक, प्राकृतिक, सामाजिक जनजीवन तथा मायाप्रेमलाई गीतमा समेटिएको उनको भनाइ छ ।
घले बेलायतमा पनि सामाजिक कार्यमा सक्रिय छन् । उनी डार्टफोर्डस्थित ब्रिटिश गोरखा नेपाली कम्युनिटीको पनि संस्थापक अध्यक्ष हुन् भने उनले आफ्नो सामाजिक योगदानका बारेमा पुस्तक पनि प्रकाशन गरेका छन् । यसअघि पनि उनका गीतहरु सार्वजनिक भइसकेका छन् ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक