
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले महिला विभाग विस्तार गरेको छ ।
महिला संयोजक बिमला लिम्बुले प्रस्ताव गरेको विभागका सदस्यहरुको नामावलीलाई सोमबार बसेको कार्यसमितिको पूर्ण बैठकले पारित गरेपछि सो विभागको विस्तार भएको हो ।
महिला विभागको सहसंयोजकहरुमा मनीकला राई गुरुङ र आस्था जोशी छन् भने सदस्य सचिव र कोषाध्यक्षमा क्रमशः उषा चाम्लिङ राई र माया केसीलाई राखिएको छ ।
विभागका सदस्यहरुमा एनआरएनए यूके इङल्याण्ड राज्य परिषद सहसचिव अहिल्या कुँवर, सुमी भण्डारी, मञ्जु लिङदम र गीता रायमाझी रहेका छन् ।
विभागका संस्थापक संयोजक संगीता मरहट्ठा, पूर्व संयोजकहरु बबी लामा, सुशीला राई, लिलादेवी गुरुङ र प्रसुना कँडेललाई सल्लाहकार राखिएको छ ।
विभागमा नर्दर्न आयरल्याण्ड, वेल्स र मिडल्याण्डबाट प्रतिनिधिहरु थप्न बाँकी रहेको छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन