काठमाडौं। अस्ट्रेलियाली पूर्व टेस्ट खेलाडी फिलिप ह्युजको स्मृतिमा आगामी शनिबार राजधानीमा नेपाल-अष्ट्रेलिया बीच हुने ६३ ओभरको खेल खेल्नका लागि दुबै टिमको घोषणा भएको छ।
बलले लागेर मृत्यु भएका अष्ट्रेलियाली ब्याट्सम्यान फिलिप हृयुजप्रति श्रद्धाञ्जली दिनका लागि खेलिन लागेको खेलमा नेपालको तर्फबाट टम निलोको नेतृत्वमा विनोद दास र अष्ट्रेलियाका लागि टिम रातो नेतृत्व रायन कार्टरले गर्नेछन्।
टिम निलोमा कप्तान दास, पारस खड्का, अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदिप ऐरी, करण केसी, नरेश बुढायर, अभिनाष कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमृत भट्टराई, राहुल विक र रामनरेश गिरी छन्।
यस्तै टिम रातोका लागि कप्तान कार्टरसहित टिम एन्डरसन र म्याथु इलियनको नाम तय भएको छ। उनीहरु बाहेक अन्य अस्टेलियन खेलाडी नआए रातो टिमा शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, पृथु बास्कोटा, सोमपाल कामी, जितेन्द्र मुखिया, राजेश पुलामी, राजवीर सिंह र प्रज्वल शाही रहने छन्। त्रिभुवन विश्वविद्याल कीर्तिपुरको मैदानमा हुने खेलमा ३१ ओभर ३ बलको ओभर हुने छ। ह्युजलाई बलले लाग्दा उनी ६३ रनमा खेलिरहेका थिए।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान दासको १७ वर्षे खेल जीवनको लागि यो नै अन्तिम अन्तराष्ट्रिय खेल हो। ह्युज प्रति श्रद्धाञ्जली व्यक्त गर्न क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान) ले उनीले ब्याट्स पनि सगरमाथाको शिखरमा लैजाने प्रस्ताव गरेको छ।
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ