लण्डन । ग्रेटर रस्मोर नेपाली कम्युनिटी युके (जीआरएनसी) को अध्यक्षमा मान गुरुङ निर्वाचित हुनुभएको छ ।
कम्युनिटीको शनिबार सम्पन्न अधिवेसनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरिएको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा माया डंगोल केसी, प्रमिला लाबुङ राई, उत्तरबहादुर गुरुङ र लीला सेलिङ्ग माबो, महासचिवमा हरि गुरुङ र कोषाध्यक्षमा चन्दन गुरुङ निर्वाचित हुनु भएको छ।
सदस्यहरुमा जुमकाजी गुरुङ र हेमकुमार गुरुङ निर्विरोध निर्वाचित भएका छन्। अन्य रिक्त पदहरु आगामी बैठकले पूर्ति गर्ने बताएको छ।
नयाँ कार्यसमिति गठनका लागि पदम राईको संयोजकत्वमा, क्याप्टेन भीम महेन्द्र लिम्बू सहसंयोजक, रोहित गुरुङ सचिव, जीव बेलबासे सहसचिव र ओम थापा सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो।
निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले प्रमाणपत्र, खादा लगाएर बधाई दिएको थियो भने उपस्थित अन्य व्यक्तिहरुबाट पनि खादा लगाई बधाई दिएका थिए।
नवनिर्वाचित अध्यक्ष गुरुङले सो अवसरमा आफ्नो मन्तब्य राखेका थिए ।
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ