लण्डन । बेलायतको रेड लिष्टबाट सबै देशहरु हटेका छन् ।
बेलायतको यातायात मन्त्रालयका अनुसार नोभेम्बर १ देखि बेलायतको रेड लिष्टमा कुनै पनि मुलुक रहने छैनन् ।
पछिल्लो समयमा बेलायतको रेड लिष्टमा कोलम्बिया, डोमिनिक रिपब्लिक,इक्वेडोर, हाइटी, पनामा, पेरु र भेनेजुयला रहेका थिए । तर अब ती मुलुकहरु पनि रेड लिष्टबाट हटेका छन् ।
रेड लिष्टमा रहेका मुलुकहरुबाट बेलायत आउने यात्रुहरुले महंगो शुल्क तिरेर होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यता थियो ।
मन्त्रालयले होटल क्वारेन्टाइनको प्रावधान भने खारेज भइनसकेको प्रष्ट गरेको छ । हरेक तीन/तीन सातामा कोभिड सम्बन्धित तथ्याङ्कको पुनरावलोकन गरिने र आवश्यक परे रेड लिष्टमा पुन: राख्न सकिने बताएको छ ।
यसैगरी नेपालको कोभिड खोपलाई पनि बेलायतले नोभेम्बर १ देखि मान्यता दिने भएको छ । जसबाट दुवै डोज खोप लगाएकाहरुलाई बेलायत आएपछि १० दिन घरमै क्वारेन्टाइनमा बसिरहनु पर्ने छैन । यसैगरी, दोस्रो र आठौँ दिन पिसीआर टेष्ट गरिरहनु पर्ने अनिवार्यता पनि रहने छैन । बेलायत आएपछि दोस्रो दिनमा ल्याटरल फ्लो टेष्ट वा पीसीआर गरे तथा प्यासेन्जर लोकेटर फर्म मात्र भरे पुग्छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार