अध्यक्ष गाहा मगरका अनुसार घोषित रकम निकासा भएको २४ घण्टाभित्रमा नेपाल पुर्याउने र ७२ घण्टाभित्रमा सम्बन्धित पीडितहरुसम्म पुर्याउने योजना रहेको छ ।
यता बेलायतमा भने हाल दैवी प्रकोप तथा आपतकालीन नीति तर्जुमा विभागका संयोजक तथा कार्यकारी सदस्य बालकृष्ण दाहाल र कोषाध्यक्ष बिष्णु खरेलको संयोजनमा नेपालमा बाढीपीडितहरुका लागि राहत उद्दार कोष संकलन सुरु भएको छ ।
संघले यस अभियानमा सहयोग गर्न बेलायतवासी सबै नेपालीहरुलाई अपील गर्दै एनआरएनए यूकेको ‘वेलफेयर अकाउण्ट ‘NON-RESIDENT NEPALI; Sort Code: 60-01-08; Account number: 42421888 मा जम्मा गर्न अनुरोध गरेको छ ।
नेपालको पूर्वी भेगमा हालै आएको बाढी र पहिरोका कारण व्यापक धनजनको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा र संखुवासभा, बझाङ लगायतका जिल्लाहरुमा पहिरोबाट दर्जनौंको ज्यान गएको छ भने सयौं घरवारविहीन भएका छन् । किसानहरुको सात अर्ब भन्दा बढी धानखेतीको सर्वनाश भएको अनुमान गरिएको छ र मुलुककै अर्थतन्त्रमा नराम्ररी धक्का पुग्ने आँकडा गरिएको छ ।
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश