लण्डन । उलविच लेटनाइट फार्मेसीले कोभिड–१९ को बुस्टर डोज पनि उपलब्ध गराएको छ ।
यसै वर्षको सुरुवातदेखि पहिलो र दोस्रो डोजको कोरोनाविरुद्धको खोप उपलब्ध गराउँदै आएको फार्मेसीमा बुस्टर डोज पनि लगाउन सकिने छ ।
फार्मेसीका अनुसार जुनै प्रकारको कोरोनाविरुद्धको खोप लगाएकाहरुलाई पनि फाइजरको बुस्टर डोज लगाउन सक्नेछन् । फार्मेसीका अनुसार कोभिड–१९ बुस्टर लगाउने क्रममा एनएचएस फ्लुको खोपको निशुल्क रुपमा अफर पनि उपलब्ध छ ।
फार्मेसीले बुस्टर खोप लगाउनका लागि योग्य भएकाहरुलाई आग्रह गरेको छ ।
के हो कोभिड–१९ बुस्टर भ्याक्सिन ?
कोभिड–१९ बुस्टर भ्याक्सिनले शरीरमा प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने काम गर्छ । यसअघि लगाइएका दुईवटा कोरोनाविरुद्धको भ्याक्सिनको क्षमतलाई यसले वृद्धि गर्छ । कोभिड–१९ बाट संक्रमित हुन नदिन लामो समयका लागि सुरक्षा प्रदान गर्ने काम गर्छ ।
कस्ता व्यक्तिहरुले कोभिड–१९ बुस्टर भ्याक्सिन लगाउन पाउँछन् ?
बुस्टर भ्याक्सिन एनएचएसमा रहेका रजिस्टर भएका र कम्तिमा ६ महिना अघि कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएकाहरुलाई दिइनेछ । पचास वर्ष वा सो भन्दा माथिका व्यक्ति, केयर होममा बस्ने र काम गर्ने, फ्रन्टलाइन हेल्थ र सोसियल केयर वर्कर्सलाई यो खोप दिइनेछ । यस्तै, १६ वा सोभन्दा माथिका कोरोना संक्रमण हुने उच्च जोखिम रहेकाहरु, १६ वर्ष वा सोभन्दा माथि जो कोरोना संक्रमितको उच्च जोखिममा रहेकाहरुलाई हेरचाह गर्दै आइरहेका छन्, १६ वर्ष वा सोभन्दा माथिका जो (एचआइभी, ट्रान्सप्लान्ट वा क्यान्सर रोगी) सहजै संक्रमणको चपेटमा पर्न सक्छन् र गर्भवती महिलाहरुलाई बुस्टर डोज उपलब्ध हुने फार्मेसीले जनाएको छ ।
कसरी र कहिले कोभिड–१९ को बुस्टर लगाउन पाइन्छ ?
बुस्टर डोज लगाउन ६ महिनाअघि कोरोनाविरुद्धको दोस्रो डोजको खोप लगाएको हुनुपर्ने फार्मेसीले जनाएको छ । एनएचएसले बुस्टर डोज लगाउने मितिबारे जानकारी गराउने फार्मेसीले जनाएको छ । एनएचएसमार्फत बुस्टर डोज लगाउनेबारे जानकारी लिन सकिनेछ । अधिकांश व्यक्तिलाई कोरोना बुस्टर डोज लगाउन समय बुकिङ गर्नका लागि आग्रह गरिने बताइएको छ । बुस्टर डोज भ्याक्सिनेशन सेन्टर, फार्मेसी र स्थानीय एनएचएस सर्भिस जस्तै जिपी सर्जरीमा उपलब्ध हुनेछ । बुस्टर डोजका लागि फ्रन्टलाइन हेल्थ तथा सोसियल केयर वर्कर्सले अनलाईमार्फत समय बुकिङ गर्न सक्नेछन् ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो