लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अल्डरसटस्थित गुम्बामा तीन दिने गण चक्र (छोकभुम) पूजा सम्पन्न भएको छ । गत १६ अक्टोबरदेखि आयोजना गरिएको उक्त पूजा गत सोमबार १८ अक्टोबर साँझ सम्पन्न भएको हो ।
बौद्ध धर्म गुरु क्याबजे झोङसार खेन्चे रिन्पोछेका विश्वभर छरिएर रहेका अनुयायी एवं शुचचिन्तक तथा भक्तजनहरुले उहाँको सुस्वास्थ्य, दीर्घायू साथै धार्मिक लीला विश्वभर फैलियोस् भन्ने उद्देश्यका साथ गणचक्र (छोकभुम) पूजा गरिएको हो ।
गुम्बाका लामा गुरु खेन्पो कुन्ख्यापले शुरुवात गरेको उक्त पूजामा रिन्पोछे शेरब, लामा रिग्जीन, आनी आदी, गुम्बाका पूजा संयोजक आइबहादुर गुरुङ र सानु लामाले पूजापाठमा साथ दिएका थिए ।
सो पूजा समापनमा क्रममा पूजा संयोजक एवं बीसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले पूजा सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका खेलेका खेन्पो गुरुङ लगायत लामा गुरुहरु, कार्यसमितिका पदाधिकारी, सल्लाहकार, ट्रष्टीज, भक्तजन, गुम्बा स्टाफ, विशेष गरी आमाहरु लगायत सबैलाई हृदयदेखि नै धन्यवाद दिए । त्यस्तै, संस्थापक अध्यक्ष काजी शेर्पाले सो पूजाको महत्व बारे जानकारी गराउँदै पूजा सम्पन्न गर्नका लागि विशेष भूमिका निभाएका झोङसार खेन्चे रिन्पोछेका अनुयायी रिन्पोछे शेरब, आनी आदी, खेन्पो कुन्ख्याप लगायत सबैमा धन्यवाद ज्ञापन गरे ।
तीन दिने पूजा सम्पन्न गर्नका लागि बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङ, उपाध्यक्ष आङ्ग दावा शेर्पा, महासचिव क्याप्टेन देव घले, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा सचिव शारदा गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, ट्रष्टीज कमल गुरुङलगायत सल्लाहकार, ट्रष्टीज एवं आमाहरुले महत्वपूर्ण भूमिका निभाएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा