अमेरिकामा नेपाली व्यवसायीको गोली हानी हत्या

बोस्टन । म्यासाच्युसेट्स (वोस्टन) को फलरिभर भन्ने स्थानमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायी लालकिशोर महासेठको सोमवार राति १०ः३० बजेको समयमा स्टोरभित्रै गोली हानेर हत्या गरिएको हो ।
अमेरिकामा रहेका पत्रकार कृष्णराज खनालका अनुसार उनको छातीमा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर ढलेका महासेठलाई केही समयपछि स्टोरमा छिरेका अर्का एक ग्राहकले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई तत्कालै अस्पताल लगिएको भए तापनि उनको मृत्यु भइसकेको पुष्टि स्थानीय चार्लटन अस्पतालले गरेको थियो । घटनास्थलमा प्रशस्त पैसा पनि छरिएको पाइएकोले पैसाका लागि कुनै लुटेराले हत्या गरेको अनुमान प्रहरीले गरेको छ ।
प्रहरीले संदिग्ध हत्याराको हुलिया र तस्वीर भने सार्वजनिक गरिसकेको छ ।
धनुषाको विश्वेश्वरनाथ नगरपालिकामा स्थायी घर भई लामो समयदेखि म्यासाच्युसेट्समा बस्दै आएका ५४ वर्षीय महासेठका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनी मधेसी एसोसिएसन इन अमेरिका, न्यूइंगल्याण्ड च्याप्टरका पूर्व अध्यक्ष तथा मधेसी संघ, अमेरिकाका सल्लाहकार समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री