लण्डन । गैर आवासीय नेपाली संघ युकेले संघको हिसाबकिताव तथा आर्थिक प्रशासनको निरीक्षण गर्न विधान अनुसार एक लेखा समिति गठन गरेको छ ।
समितीमा चार्टर्ड एकाउन्टेन्ट राजेन्द्र सुबेदी संयोजक रहेका छन् भने सदस्यमा भर्खरै सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उपविजेता दिपक श्रेष्ठ, एनआरएनए युके राज्य समन्वय परिषद स्कटल्याण्डकी कोषाध्यक्ष तथा लेखा व्यवसायी शर्मिला भण्डारी सदस्य तथा कोषाध्यक्ष विष्णु खरेल सदस्य सचिव रहेका छन् । पाँच सदस्यीय समितिमा सल्लाहकार तथा संरक्षक मध्यबाट मनोनित गर्नु पर्ने एक सदस्य भने पछि थप गरिने बताइएको छ ।
गैर आवासीय नेपाली संघ युकेको विधानको धारा ३३.६ मा गैर आवासीय नेपाली संघ युकेको आर्थिक गतिविधिको अध्ययन तथा अनुगमन गर्न नयाँ नेतृत्व निर्वाचित भएको तीन महिना भित्र लेखा समिती गठन गर्नु पर्ने प्रावधान रहेको छ । समितिमा लेखा विज्ञ एक, महिला एक, संरक्षक तथा सल्लाहकार मध्येबाट एक मनोनित गरिने तथा कोषाध्यक्ष समितिको सदस्य सचिव हुने व्यवस्था छ । जस अनुसार लेखा विज्ञको रुपमा सिए राजेन्द्र सुबेदी, महिलाबाट शर्मिला भण्डारी, अध्यक्षका उम्मेदवार मध्येबाट दिपक श्रेष्ठलाई मनोनित गरिएको छ भने सल्लाहकार तथा संरक्षकको मनोनयन नभै सकेकोले एकजना सदस्यको मनोनयन पछि गरिने भएको छ ।
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश