लण्डन । कोभिड महामारीका कारण बेलायतमा लामो समयदेखि हुन नसकेको नेपाली कलाकारहरुको सांगीतिक कार्यक्रम आगामी महिनादेखि सुचारु हुने भएको छ ।
नेपालका चर्चित गायकहरुको प्रस्तुतिमा नोभेम्बर १२ तारिख शुक्रबार साँझ अल्डरसटमा एचके नाइट २०२१ को तयारी गरिएको छ ।
एचके युथ नेप्लिज एशोसिएसनको आयोजना रहने उक्त इभेन्टमा लोकप्रियक गायक राजु लामा, सञ्जीव प्रधान र आइएम गोलेको विशेष प्रस्तुति रहनेछ । त्यस अवसरमा बेलायतस्थित दाजुभाइ ब्याण्ड र सिक्का ब्याण्डले पनि प्रस्तुति दिनेछन् । एम्पायर हलमा हुने कार्यक्रम सकिएपछि अल्डरसटकै प्यालेसमा तय आफ्टर पार्टीमा डिजे एसकाजीले नचाउनेछन् ।
कार्यक्रमको सञ्चालन बेलायतका दुई नेपाली सुन्दरीहरुले गर्नेछन् । मिस इंग्ल्याण्डकी सेकेण्ड रनर अप प्रतिष्ठा राउत र मिस यूके नेपाल २०१७ सिर्जना गुरुङ कार्यक्रमका होस्ट रहनेछन् ।
कार्यक्रमको आयोजक एचके युथ नेप्लिज एशोसिएसनका अनुसार बेलुका सात बजेबाट मध्यरातसम्म कन्सर्ट चल्नेछ । त्यसपछि शुरु हुने आफ्टर पार्टी बिहान तीन बजे सकिनेछ ।
कार्यक्रम हेर्न अग्रीम टिकट लिंदा २५ पाउण्ड पर्नेछ ।
कार्यक्रमको प्रमुख प्रायोजक वाटरमेलन मोर्गेजेज छ । हरेक टिकटमा वाटरमेलन मोर्गेजेजको सेवामा २५ प्रतिशत छुट समावेश रहने बताइएको छ । त्यस्तै, टिकट प्रायोजक मम स्टेसनमा पनि १० प्रतिशत छुट उपलब्ध हुनेछ ।
कार्यक्रमलाई बेलायतस्थित दर्जनौं व्यवसाय, व्यवसायी तथा एनआरएनए अभियन्ताहरुले प्रायोजन तथा सहप्रायोजन गरेका छन् ।
कार्यक्रम विशुद्ध सांगीतिक र मनोरञ्जनत्मक रहने भन्दै आयोजकले बेलायतवासी सबै नेपालीहरुलाई उपस्थितिको लागि अपिल गरेका छन् ।
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश