लण्डन । तमुधिँ युकेले आफ्ना संरक्षक शेष घलेसित भेटघाट गरेको छ ।
आइतबार तमुधिँ युकेको भवनमा भएको भेटघाटमा उपाध्यक्ष तुलाराम गुरुङले कार्यक्रम संचालन गरेका थिए भने सभापतित्व अध्यक्ष हितकाजी गुरुङले गरेका थिए ।
कार्यक्रममा अध्यक्ष हितकाजी गुरुङले घलेलाई खादा लगाई स्वागत गरेका थिए भने स्याङ्जा समाज यूकेका अध्यक्ष सारदा गुरुङ र सहारा यूकेका अध्यक्ष कुमार गुरुङले पनि खादा लगाई स्वागत तथा सम्मान गरेका थिए । लमजुङ समाज यूकेको तर्फबाट समाजका अध्यक्ष विश्वजँग गुरुङले खादा लगाई मायाको चिनो दिएका थिए ।
संरक्षक घलेले तमूधीँ यूकेको ११औं कार्यसमितिका अध्यक्ष हितकाजी गुरुङलाई क्रेगी (फेटा) आमा समूहकी अध्यक्ष श्रीमती मंजु (सीता) गुरुङलाई क्रमु ओढाई बधाई साथै कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्नु भएको थियो । त्यसपश्चात् आफ्नो मन्तव्यको क्रममा सबैलाई धन्यवाद दिँदै उहाँले भावी दिनहरुमा जब बेलायतको भ्रमण हुन्छ अवश्य पनि तमूधी यूके परिवारसँग भेटघाट गर्ने अवसर मिलाउने वाचा गर्नुभएको थियो । तमूधीँले गर्दै आएका क्रियाकलापहरुमा आफू ज्यादै हर्षित छु भन्नु हुँदै उहाँले संघको लागि आफ्नो तर्फबाट सहयोग स्वरुप २ हजार पाउण्ड प्रदान गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
अन्तमा अध्यक्ष हितकाजी गुरुङले व्यस्त समयको बाबजुद पनि तमूधीँ युके परिवार र अन्य संघ संस्थाका सदस्यहरुसँग भेटघाट गर्ने अवसर दिनु भएकोमा संरक्षक घलेलाई धन्यवाद दिनुभयो ।
अष्ट्रेलिया निवासी घले एनआरएनए युकेको कार्यालय उद्घाटनका लागि बेलायत आएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा