लण्डन । प्रवासी नेपाली एकता मञ्च युकेको अध्यक्षमा सुरेन्द्र थपलिया चयन भएका छन् ।
मन्चको आइतबार अल्डरसटमा बसेको विस्तारित बृहद बैठकले थपलियालाई राष्ट्रिय कार्यकारिणी कमिटीको अध्यक्षमा चयन गरेको महासचिव सुरेशजंग शाहले जानकारी दिए ।
अल्डरसटस्थित एम्पाएर हलमा बसेको सो बैठकले मन्चको वरिष्ठ उपाध्यक्षहरूमा तुङ्गभद्र भुषाल र सरस्वती केसीलाई चयन गरेको छ ।
यसअघि मंचको अध्यक्ष रहेका भक्त गुरुङ प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष रहेका विनोद ज्ञवाली युरोप कमिटीको उपाध्यक्ष भई माथिल्लो कमिटीको जिम्मेवारी सम्हालेकाले उहाँहरुलाई उक्त पदहरूबाट मुक्त भएको जानकारी गराइएको थियो । यसैगरी उपाध्यक्ष विजयविक्रम लिङ्देन, केन्द्रीय सदस्यहरू सरोज खनाल र कल्पना त्रिपाठी युरोपियन कमिटीको सदस्य हुनु भएकाले उहाँहरुलाई पनि तल्लो कमिटीबाट मुक्त गरिएको र रिक्त पदहरूमा पछि पूर्ति गरिने जानकारी बैठकमा गराइएको थियो ।
यसअघि विस्तारित बृहद बैठकमा प्रमुख अतिथि नेकपा एमालेका विदेश विभाग प्रमुख इन्चार्ज डा. राजन भट्टराईले शुभकामना सम्वोधन भर्चुअलरूपमा नेपालबाट गर्नु भएको थियो भने विशेष अतिथि प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका महासचिव रमेश पाण्डेले भर्चुअलरूपमा अष्ट्रेलियाबाट शुभकामना सम्वोधन गर्नु भएको थियो ।
समारोहमा विशेष अतिथिहरू अन्तराष्ट्रिय कमिटीका सदस्य कर्ण शाही, युरोप कमिटीका अध्यक्ष गोविन्द पौडेल, पूर्व अध्यक्षहरू दिनेश घिमिरे र रामशरण सिंखाडाले सम्बोधन गर्नु भएको थियो ।
यसअघि अध्यक्ष भक्त गुरुङको अध्यक्षता र वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थपलियाको स्वागत भाषण रहेको समारोहमा संस्कृति तथा सम्पदा विभाग प्रमुख वरिष्ठ उपाध्यक्ष विनोद ज्ञवालीले दशैँको शुभकामना अभिव्यक्ति दिनु भएको थियो ।
समारोहमा संगठनको नीतिगत प्रतिवेदन अध्यक्ष भक्त गुरुङबाट, कार्य प्रगति प्रतिवेदन महासचिव सुरेशजङ्ग शाहबाट र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुण्य रेग्मीबाट प्रस्तुत भएका थिए । प्रतिवेदनहरू कर्तलध्वनीका साथ विस्तारित बृहद बैठकले पारित गरेको थियो ।
बैठकले रूपन्देहीको मोतिपुरमा सुकुम्वासीहरूमाथि चारजनाको ज्यान जाने गरी प्रहरीबाट चलाइएको गोली काण्डको भर्त्सना र सरकारको बर्बर्तापूर्ण दमन नीतिप्रति खेद प्रकट गर्दै पीडित परिवारप्रति सहानुभूति र न्यायको प्रस्ताव पारित गरेको थियो ।
भौतिक उपस्थिति र भर्चुअल उपस्थिति दुवै प्रकारको सहभागिताको व्यवस्था मिलाइएको उक्त विस्तारित बृहद बैठकमा केन्द्रीय कमिटी र बेलायत भरिका ६ वटै क्षेत्रीय कमिटीहरूहरूबाट भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश