लण्डन । बेलायतले यात्राको रातो सूचीबाट नेपाललाई हटाएको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको ट्वीटर मार्फत सार्वजनिक गरेका छन् ।
बेलायत सरकारको सो निर्णय सोमबार अक्टोवर ११ बिहानदेखि लागू हुनेछ ।
अब बेलायतको रातो सूचीमा पेरु, इक्वेडोर, कोलम्बिया, पनामा, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिक मात्र बाँकी छन् ।
बेलायतले रातो सूचीमा राखेका मुलुकहरुबाट सबैलाई बेलायतमा यात्रा गर्न दिइएको छैन । बेलायती नागरिक वा बेलायतमा बसोबासको अधिकार पाएकाहरुलाई मात्र बेलायतमा आउन दिइएको छ । यसरी आउँदा पनि १० दिन सरकारले तोकिदिएको होटलमा क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । जसको मूल्य प्रतिव्यक्ति २ हजार २८५ पाउण्ड छ ।
नेपाललाई रातो सूचीमा राख्नपर्ने कुनै कारण नरहेको भन्दै सो सूचीबाट हटाउन बेलायतमा रहेका नेपाली समुदायलगायतले बेलायत सरकारलाई दबाब दिएको थियो ।
दशैँको मुखमा बेलायतले नेपाललाई रातो सूचीबाट हटाएकाले बेलायतबासी नेपालीहरुले आफन्त भेटघाटमा राहतको अनुभव गरेका छन् ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता