लन्डन । विश्व नेपाली साहित्य समाज पश्चिम युके शाखा र विश्व नेपाली साहित्य समाज दक्षिण युके शाखाको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी हुने भएको छ ।
गत १८ सेप्टेम्बर २०२१ का दिन भर्चुअल जुममार्फत बसेको यी दुई संस्थाको बैठकले सो निर्णय गरेको हो।
बेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिने दिवसको अवसर पारेर आयोजना हुन गइरहेको कार्यक्रमको प्रमुख संयोजक विजय हितानलाई तोकिएको छ । मुख्यत विगतका युद्धहरुमा सहादत प्राप्त गरेका सैनिकलाइ श्रद्धान्जलि अर्पण गर्दै युद्ध सृजनाहरु वाचन गरेर यो कार्यक्रम गरिनेछ । यस कार्यक्रम शनिबार १३ र आइतवार १४ नोभेम्बरका दिन दिनको १ देखि ३ बजेसम्म भर्चुअल जूममार्फत गरिने योजना छ ।
युद्ध साहित्यलाई प्रवर्धन गर्ने मुख्य उदेश्य रहेको यस कार्यक्रममा बृटिश गोर्खा पल्टन, इन्डियन गोर्खा पल्टन, सिंगापुर पुलिस, गोर्खा रिजर्भ यूनिट ब्रुनाई, नेपाली सेना, नेपाली पुलिसलाई पनि सहभागिताको लागि सम्पर्क गरिनेछ । सिर्जना वाचनका साथसाथै युद्ध साहित्य उपर परिचर्चा पनि गरिने हुँदा यस विषयका अध्येता र अभियन्तालाई प्रमुख वक्ताको रुपमा निम्त्याउने पनि आयोजकले निर्णय गरेको छ ।
युद्ध साहित्यमा कलम चलाउने देश विदेशमा रहनु भएका सर्जक साथै निवृत तथा सेवारत सैनिक र तिनका परिवारलाई कार्यक्रममा जोडिन आयोजकले अनुरोध गरेका छन् । यो कार्यक्रमको प्रथम दिन बेलायत र नेपालका स्रस्टालाई र दोस्रो दिन भारत र अन्य मुलुकका स्रष्टालाई मन्च दिइनेछ ।
स्मरण रहोस्, प्रथमपल्ट गत वर्ष यस्तै बृहत युद्ध साहित्य गोष्ठीको आयोजना गरिएको थियो । त्यसको अपार सफलतापस्चात यो दोस्रो गोष्ठी पनि गर्न लागिएको हो ।
यसपल्ट १३ जना गोर्खा भिसीको सम्झनामा यो आयोजना हुने भएकाले भिसीका आफन्तलाई कार्यक्रममा विशेष अतिथिको रूपमा निम्नत्रणा गरिने बताइएको छ ।
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो