लण्डन । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’का कार्यकारी अध्यक्ष राजन कँडेल बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा नियुक्त भएका छन् ।
सो स्कुल १९५४ देखि बेलायतको साउथ इस्ट लण्डनमा सन्चालन हुँदै आएको छ ।
न्यूस्टेड स्कुल लण्डनमा रहेका स्कुलहरुमध्ये उत्कृष्ट ११ मा पर्न सफल शैक्षिक संस्था हो । यस स्कुलले ११ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । यस स्कुल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिभाशाली बालबालिकाहरुको आवश्यकताहरुलाई पूरा गर्नको लागि प्रख्यात छ । लामो समयदेखि शैक्षिक क्षेत्रमा लगानी गर्दै आएका कँडेललाई प्रतिष्ठित स्कुलले अभिभावक संघको अध्यक्षमा नियुक्त गरेको हो ।
अभिभावक संघको अध्यक्षमा नियुक्त भएपछि कँडेलले आफू सम्मानित भएको महशुस गर्दै खुसी व्यक्त गरेका छन् । ‘एक उच्च शैक्षिक संस्थाले अभिभावक संघको अध्यक्षमा नियुक्त गरेकोमा मलाई सम्मानित महशुस भएको छ । विश्वस्तरिय शिक्षा प्रदान गरिरहेको शैक्षिक संस्थासँग काम गर्न पाउनु मेरो लागि सौभाग्य हो ।’ उनले भने, ‘मलाई आशा छ, स्कुल, सरोकारवाल निकाय तथा सम्पूर्ण अभिभावकहरुको सहयोग तथा समर्थनमा यस शैक्षिक संस्थालाई थप उचाईमा पुर्याउन सकिन्छ । साथै न्युस्टेड वुड स्कूलको आफ्नै आधारभूत मान्यताहरु छन्, ती मूल्य मान्यताहरुलाई मैले संचालन गर्दै आएको शैक्षिक संस्थाहरुमा पनि कार्यान्वयन गर्न सघाउने विश्वास लिएको छु ।’
कँडेलले हालसालै नेपालमा दुई शैक्षिक संस्थाहरुको स्वामित्व ग्रहण गरेका छन् । उनले बुटवलस्थित नमस्ते एकेडेमी तथा चितवनस्थित मदरल्याण्ड स्कुलको स्वामित्व लिएका हुन् । यी दुवै संस्थाहरु ब्रिटिश एजुकेशन ग्रुपको एक हिस्सा बन्ने कँडेलको भनाई छ । न्यूस्टेडसँगको आबद्धताले नेपालमा पनि सोही प्रकारको शैक्षिक संस्कारको स्थापना गर्न सकिने कँडेलको विश्वास छ ।
द ब्रिटिस एजुकेशन ग्रुपले नेपालसहित, दुबई तथा बेलायतमा पनि शैक्षिक संस्थाहरु संचालन गर्दै आएको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश