
लण्डन । बाहिरबाट हेर्दा यूरोपको जीवन सुखी र सम्पन्न ठानिए पनि सबैको जीवन सोचेजस्तो सुविस्ताको छैन । कोही यहाँ सम्बन्धित देशको कागज बनाउन नपाएर सास्ती भोगिरहेका छन् भने कोही खाडी मुलुकको भन्दा चर्को श्रम गर्न बाध्य छन् । थोरै मात्रको जीवन विलासी छ यहाँ ।
गैरआवासीय नेपाली संघको आसन्न दशौँ महाधिवेसन (अक्टोवर २३ देखि २५ तारिखमा)मा यूरोप क्षेत्रीय संयोजकको उम्मेदवार कृष्णप्रसाद तिमल्सिना यूरोपबासी सबै नेपालीको सुखदुखको साथी बन्न चाहन्छन् ।
एनआरएनएले स्थापनाकालदेखि नै विदेशमा सिकेको सीप, आर्जन गरेको ज्ञानलाई नेपालमा पुर्याउने काम गर्दै आएको छ । प्रवासमा कमाएको र जोगाएको पैसालाई नेपालमा विभिन्न साना ठूला परियोजना र व्यवसायमा लगानी गर्न प्रोत्साहन पनि गरिरहेकै छ । तिमल्सिना पनि यी दुवै कार्यमा लामो समयदेखि लागिरहेकै छन् । यसअघि बेलायतमा उनको ध्यान बढी केन्द्रीत रहेको थियो उनी अब आफ्नो अनुभवलाई यूरोपका २७ वटै देशहरुमा विस्तार गर्न चाहन्छन् ।
करिब दुई दशकदेखि बेलायतमा बसोबास गरिरहेका तिमल्सिनाले बेलायतमा दुःखमा परेका धेरै नेपालीहरुलाई सहयोग गरे । विद्यार्थीहरुलाई तथा अभरमा परेका धेरैलाई उनले दिलैदेखि सकेको मद्दत गरे । उनी अब एनआरएनए यूरोपको संयोजक भएर यूरोपमा रहेका नेपालीले सिकेका ज्ञान, सीप नेपाल पुर्याउने, लगानी नेपाली लैजाने मात्र होइन यूरोपको विभिन्न मुलुकमा विभिन्न किसिमका दुःख कष्ट, सास्ती झेलिरहेका नेपालीहरुको साथी पनि बन्न चाहन्छन् । उनीहरुको अनुभव र भोगाइ साट्न चाहन्छन् ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ मा जन्मेका तिमल्सिना अहिले एनआरएनए यूरोपको उपसंयोजकका रुपमा कार्यरत छन् । यसअघि उनी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्य, एनआरएनए युकेको सदस्य हुँदै उपाध्यक्षसमेत रहिसकेका छन् । एनआरएनए अभियानको सबैभन्दा तल्लो तहबाट प्रवेश गरेका तिमल्सिना सन् २०१७–१९ कार्यकालका लागि एनआरएनए युकेको अध्यक्ष पदका प्रत्याशी पनि रहेका थिए ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश