लन्डन । ब्रिटेनस्थित एक प्रतिष्ठित ल फर्म, एभरेस्ट ल सोलिसिटर्सले नेपालस्थित अध्यागमनसम्बन्धी परामर्शदाता कम्पनीहरुका लागि एक कार्यशाला गोष्ठी आयोजना गरेको छ।
शनिबार आयोजित कार्यक्रममा अध्यागमन मामिला हेर्ने वरिष्ठ व्यारिस्टरहरु रफायल जेसुरम, एलिस विल्फोर्ड तथा एभरेस्ट ल सोलिसिटर्सका प्रिन्सिपल सोलिसिटर राजु थापाले ब्रिटेनको अध्यागमन सम्बन्धी कानून, अपिल प्रक्रिया एवं भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारलाई बेलायतमा स्थायी भिसा व्यवस्था बारे जानकारी दिएका थिए।
व्यारिस्टर रफायल जेसुरमले सन् १९९७ भन्दा पहिले सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायतमा स्थायी बसोबासको अनुमति नदिइएकाले उनीहरुप्रति ऐतिहासिक अन्याय भएको कुरा ब्रिटिश अदालतले स्वीकार गरेको बताए। उनले गोर्खा परिवारमा पारिवारिक सम्बन्ध मजबूत हुने हुनाले त्यो देखाउन सक्दा केस बलियो हुने सुझाव दिए। उनले नेपालमा तीन पुस्तासम्म एउटै घर, परिवारमा बस्ने प्रचलन रहेकाले त्यो कुरा न्यायाधीशहरुलाई राम्रोसँग बुझाउनु पर्ने बताए।
व्यारिस्टर एलिस विल्फोर्डले विदेशमा काम गर्न गएका भूतपूर्व गोर्खा सैनिक परिवारका सदस्यले विदेशबाट फर्केपछि आफ्नो परिवारसँग सम्पर्क कायमै रहेको देखाउनु पर्ने बताए।
त्यस्तै, प्रिन्सिपल सोलिसिटर राजु थापाले गोर्खालीहरुको मुद्दा लडेर ५६ वर्ष उमेर पुगेका सन्तान र एउटै परिवारका ८ जनासम्म सन्तानलाई ब्रिटेन ल्याउन सफल भएको अनुभव सुनाउदै सबै कागजात जुटाएर मात्रै अपिल गर्न सुझाव दिए।
“यस अघि हामीले भूतपूर्व गोर्खा सैनिकहरु, गोर्खा विधवाहरु तथा बिएनओ राहदानीका बारेमा सार्वजनिक कार्यक्रमहरु संचालन गरेका थियौं र नेपाली समुदायले त्यसबाट लाभान्वीत भएको हामीलाई बताउनु भएको छ,” उनले भने।
कार्यक्रममा सम्पूर्ण भिसा सलुशनका लीला मास्के तथा प्रभातमान मास्के, भिसा गाइड नेपालका दिनेशराम डंगोल तथा गोपाल डंगोल एवं श्रेष्ठ करियरका समी श्रेष्ठ, सूर्य नेम्वाङ तथा लीना नेम्वाङ सहभागी थिए।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश