लण्डन। बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।
सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
बेलायतमा अहिलेसम्म कूल सङ्क्रमितहरूको सङ्ख्या ६७ लाख ८९ हजार ५८१ रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये बेलायतमा पछिल्लो एक दिनमा कम्तीमा ५० जनाको मृत्यु भएको पाइएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३२ हजार ५३५ जनाको मृत्यु भएको छ ।
कूल सङ्क्रमितमध्ये अहिलेसम्म ५४ लाख ६६ हजार ३१६ जना सङ्क्रमणमुक्त भइसकेको जनाइएको छ ।
बेलायतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या ११ लाख ९० हजार ७३० रहेको अधिकारीहरूले जानकारी दिएका छन् ।
विज्ञहरूले १२ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाउन सुझाव दिएका छन् । उनीहरूको सुझावअनुसार बेलायत सरकारले निर्देशन जारी गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी बेलायतले आफ्नो देशमा रहेकाहरूलाई तेस्रो मात्रा खोप पनि लगाइदिने व्यवस्था गर्न लागेको छ । अर्को महिनादेखि त्यस्तो व्यवस्था हुनसक्ने अधिकारीहरूले जनाएका छन् ।
तर विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भने विश्वभरी खोपको समान वितरणमा असर पर्ने भएकाले खोपको तेस्रो मात्रा लगाउने कुरामा निरुत्साहित गर्दै आएको छ ।
कतिपय धनी, विकसित र शक्तिशाली मुलुकहरूले कोरोनाभाइरसविरुद्ध तेस्रो मात्रा खोप पनि प्रयोग गर्दा सबैले खोप पाएको अवस्था आउन ढिलाइ हुने चिन्ता डब्लूएचओले गरेको छ ।
धनी र गरिब मुलुकहरूका बीचमा खाडल सृजना गर्ने र मानवीय दृष्टीले पनि यो राम्रो नहुने डब्लूएचओको भनाइ छ ।
बेलायतमा अहिलेसम्म १६ वर्षभन्दा बढी उमेरका व्यक्तिमध्ये ८८ प्रतिशतले कम्तीमा एउटा खोप लगाइसकेका छन् भने ७८ प्रतिशतले दुवै खोप लगाएका छन् ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश