लण्डन । बेलायत अन्त्याल संघको पाँचौँ अधिवेसन आइतबार रेडिङमा सम्पन्न भएकोछ ।
अधिवेसनको पहिलो शेसनमा महासचिव मुकेन छन्त्यालले कार्यक्रमको शुरुवात गरेका थिए भने उपाध्यक्ष बीर छन्त्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अधिवेसनले महासचिवको कार्य प्रतिवेदन, सहकोषाध्यक्ष दल छन्त्यालको आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो । त्यसपछि अध्यक्ष झक छन्त्यालले मन्तब्यसहित कार्यसमितिलाई भंग गरेका थिए भने नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मण्डललाई कार्यक्रम हस्तान्तरण गरेका थिए ।
तीन सदस्सीय निर्वाचन मण्डलमा याम छन्त्यालको नेतृत्वमा सचिव मिम छन्त्याल र सदस्यमा मन छन्त्याल रहेका थिए । याम छन्त्याल कोभिड क्वारेन्टाइनमा बस्नु परेकोले उहाँको अनुपस्थितिमा सचिव मिम छन्त्याल र मन छन्त्यालले निर्वाचन सम्पन्न गरेका थिए ।
दोश्रो शेसनमा बेलायत छन्त्याल संघको अध्यक्षमा सर्वसम्मतिबाट हेम छन्त्याललाई निर्वाचित गरिएको थियो । त्यसपछी उहाँको नेतृत्वमा अन्य कार्यसमिति गठन गरिएको थियो । उक्त कार्यसमितिको महासचिवमा मिम छन्त्याल र कोषाध्यक्षमा दल छन्त्याल साथै अन्य ब्यक्तिहरुमध्ये उपाध्यक्षमा नरसिङ छन्त्याल र सतिमा छन्त्याल निर्वाचित भए । अन्य पदहरुमा क्रमश सचिवमा जित छन्त्याल, संस्कृति सचिवमा भेख छन्त्याल, ब्यवस्थापन सचिवमा तम छन्त्याल, खेलकुद सचिवमा शेर छन्त्याल तथा सदस्यमा दुर्गा छन्त्याल र मिडिया हेर्ने जिम्मा हाललाई कप्रसाद छन्त्याललाई दिइएको छ ।
सो अवसरमा संघका भावी कार्यक्रमहरु ३१ अक्टोवरमा देउसीभैलो रेडिङमा, छार म्हेङ १ जनवरी २०२२ मा प्लमस्टिडमा, वार्षिक बैठक तथा सर्वमान्य स्मृति दिवस मध्य फेब्रुअरीमा प्लमस्टिडमा गर्ने र समर भेला आसफोर्डमा गर्ने तय गरिएको छ ।
एक जना सदस्य गुमाउनु परेको र अन्त्येष्ठी समेत भइनसकेकाले यो पटक कुनै बधाइ दिने र खादा तथा फूलमाला दिने कार्य गरिएन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा