लण्डन । बेलायत अन्त्याल संघको पाँचौँ अधिवेसन आइतबार रेडिङमा सम्पन्न भएकोछ ।
अधिवेसनको पहिलो शेसनमा महासचिव मुकेन छन्त्यालले कार्यक्रमको शुरुवात गरेका थिए भने उपाध्यक्ष बीर छन्त्यालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । अधिवेसनले महासचिवको कार्य प्रतिवेदन, सहकोषाध्यक्ष दल छन्त्यालको आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो । त्यसपछि अध्यक्ष झक छन्त्यालले मन्तब्यसहित कार्यसमितिलाई भंग गरेका थिए भने नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मण्डललाई कार्यक्रम हस्तान्तरण गरेका थिए ।
तीन सदस्सीय निर्वाचन मण्डलमा याम छन्त्यालको नेतृत्वमा सचिव मिम छन्त्याल र सदस्यमा मन छन्त्याल रहेका थिए । याम छन्त्याल कोभिड क्वारेन्टाइनमा बस्नु परेकोले उहाँको अनुपस्थितिमा सचिव मिम छन्त्याल र मन छन्त्यालले निर्वाचन सम्पन्न गरेका थिए ।
दोश्रो शेसनमा बेलायत छन्त्याल संघको अध्यक्षमा सर्वसम्मतिबाट हेम छन्त्याललाई निर्वाचित गरिएको थियो । त्यसपछी उहाँको नेतृत्वमा अन्य कार्यसमिति गठन गरिएको थियो । उक्त कार्यसमितिको महासचिवमा मिम छन्त्याल र कोषाध्यक्षमा दल छन्त्याल साथै अन्य ब्यक्तिहरुमध्ये उपाध्यक्षमा नरसिङ छन्त्याल र सतिमा छन्त्याल निर्वाचित भए । अन्य पदहरुमा क्रमश सचिवमा जित छन्त्याल, संस्कृति सचिवमा भेख छन्त्याल, ब्यवस्थापन सचिवमा तम छन्त्याल, खेलकुद सचिवमा शेर छन्त्याल तथा सदस्यमा दुर्गा छन्त्याल र मिडिया हेर्ने जिम्मा हाललाई कप्रसाद छन्त्याललाई दिइएको छ ।
सो अवसरमा संघका भावी कार्यक्रमहरु ३१ अक्टोवरमा देउसीभैलो रेडिङमा, छार म्हेङ १ जनवरी २०२२ मा प्लमस्टिडमा, वार्षिक बैठक तथा सर्वमान्य स्मृति दिवस मध्य फेब्रुअरीमा प्लमस्टिडमा गर्ने र समर भेला आसफोर्डमा गर्ने तय गरिएको छ ।
एक जना सदस्य गुमाउनु परेको र अन्त्येष्ठी समेत भइनसकेकाले यो पटक कुनै बधाइ दिने र खादा तथा फूलमाला दिने कार्य गरिएन ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश