लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका वर्तमान आइसिसी सदस्य दयानिधि सापकोटाले आसन्न एनआरएनए महाधिवेशनमा युरोप उपसंयोजकमा उम्मेदवारी दिने भएका छन् ।
बेलायतमा बसोबासरत सापकोटा सन् २००६ देखि नै गैर आवासीय नेपाली अभियानमा सक्रिय रहँदै आएका छन्।
‘म नेपाली समाजमा केही गर्नुपर्छ भन्ने सदैव चाहना राख्ने व्यक्ति हुँ। पेशागत दक्षता बाँडेर होस् वा आर्थिक, सामाजिक सहयोग दिएर, म मातृभूमिसँग सधैं सामिप्यमा रहें र अब पनि रहनेछु’,उम्मेदवारी दिनुको प्रमुख कारण समाजसेवा नै रहेको प्रष्टयाउँदै उनले बताए ।
बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिएका सापकोटाले स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी गरे । काठमाडौंको शंकरदेव क्याम्पसबाट बी.कम. अध्ययन गर्दै गर्दा उनी सन् १९९३ मा जर्मनी पुगे । जर्मनीमा उनले करिब १५ वर्ष बिताए ।
सन् २००६ मा बेलायत आएपछि उनले सन् २०१३ मा यूकेको लेस्टर शहरमा ‘ओजी’ इटालियन रेष्टुरेन्ट खोले । दयानिधि भन्छन्, ‘अहिलेसम्म यही पेशामा आवद्ध छु । नेपाली भएर अरु देशको खाना ख्वाउने एउटा चुनौतीपूर्ण पेशामा म सफल भइरहँदा आफूलाई भाग्यमानी पनि ठानेको छु ।’
सृजनशील लेस्टर नेपाल यूकेको दुई कार्यकाल अध्यक्ष र साझा नेपाली समाजको संस्थापक सदस्य तथा विधान समिति संयोजक भएर उनले काम गरे। त्यस्तै उनले आफ्नो जन्मथलोमा विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक कार्यक्रमहरु अगाडि बढाउने उद्देश्यले बिहुंकोट हेल्प नेटवर्क यूकेको संस्थापक अध्यक्ष भएर काम गर्ने अवसर पाए ।
आफ्नो उम्मेदवारीको उद्देश्यबारे बताउँदै उनले भने, “बेलायत एनआरएनएको जन्मभूमि पनि हो। बेलायत लगाएत युरोपभरिका नेपालीहरुलाई समेट्ने र गोर्खा समस्या समाधान गर्न मैले सक्दो पहल गर्ने छु ।”
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान