लण्डन । प्रवासी नेपाली एकता मन्च युकेले समानअधिकार प्राप्तीका लागि गोरखा भूतपूर्व सैनिकहरुले लण्डनमा शुरु गरेको अनसनप्रति समर्थन र ऐक्यवद्धता व्यक्त गरेको छ ।
मन्चका अध्यक्ष भक्त गुरुङ र महासचिव सुरेशजंग शाहले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै गोरखाहरुको माग अत्यन्त जायज र न्यायसंगत रहेकोले मंचको पूर्ण समर्थन रहेको बताएका छन् । गोरखाहरुको मागलाई यथाशीघ्र पूरा गर्न मंचले बेलायत सरकारलाई माग गरेको छ ।
नेपाल सरकारले पनि आफ्ना नागरिकहरु आफ्नो हकअधिकारका लागि यसरी संघर्ष गरिरहेको विषयलाई गम्भीरतापूर्वक लिई अविलम्ब बेलायतसित वार्ता गर्न टीम गठन गर्न र बेलायतसित समन्वय गर्न मंचले माग गरेको छ।
मंगलबार लण्डन प्रहरीले अनसन स्थलबाट टेण्ट हटाउने, कुर्सी टेबलहरु हटाउने र अनसनकारीलाई दुर्व्यवहार गर्ने जस्ता कार्य गरेकोमा मंचले भर्त्सना गरेको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश