लण्डन । गोरखाहरुको समस्या समाधानका लागि बेलायत तथा नेपाल सरकारबीच तुरुन्त वार्ता हुनु पर्ने माग राखी आमरण अनसनमा बसेका गोरखाहरुप्रति गैरआवासीय नेपाली संघ युकेले ऐक्यवद्धता जनाएको छ ।
संघका अध्यक्ष प्रेम गाहामगर मंगलबार गोरखाहरुको अनसनस्थलमा पुगी आफ्नो तर्फबाट उहाँहरुको मागलाई सम्बन्धित स्थानमा पुर्याउन सक्दो सहयोग गर्ने बताए । उनले नेपाल सरकार, बेलायत सरकार र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिलाई पत्राचार गरी गोरखाहरुको समस्याका बारेमा तत्काल कदम चाल्न अनुरोध गरिने जानकारी दिए ।
बेलायतमा मार्गरेट थ्याचरको पालामा आमरण अनसन बसेका अनसनकारीको मृत्यु भएको दुखान्त उदाहरण पेश गर्दै गाहामगरले गोरखाहरुको अनसन त्यस्तो अवस्थामा पुग्न अघि नै बेलायत तथा नेपाल सरकारलाई आवश्यक कदम चाल्न दबाब दिन बेलायतमा रहेका सबै नेपालीहरु एकजुट भई सहयोग गर्नुपर्ने पनि बताए । अनसनलाई नैतिक, भौतिक, आर्थिक सबै किसिमको सहयोग गर्न उनले अपील गरे ।
सो अवसरमा महासचिव खुशी लिम्बु र अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य समिर खनाल अनसन स्थल पुगेका थिए ।
पूर्व गोरखाहरु ज्ञानराज राई र धनबहादुर गुरुङ साथै पुष्पा घले राना पाँच दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालयको अघिल्तिर आमरण अनसन बसिरहेका छन् ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु