लण्डन । गोरखाहरुको समस्या समाधानका लागि बेलायत तथा नेपाल सरकारबीच तुरुन्त वार्ता हुनु पर्ने माग राखी आमरण अनसनमा बसेका गोरखाहरुप्रति गैरआवासीय नेपाली संघ युकेले ऐक्यवद्धता जनाएको छ ।
संघका अध्यक्ष प्रेम गाहामगर मंगलबार गोरखाहरुको अनसनस्थलमा पुगी आफ्नो तर्फबाट उहाँहरुको मागलाई सम्बन्धित स्थानमा पुर्याउन सक्दो सहयोग गर्ने बताए । उनले नेपाल सरकार, बेलायत सरकार र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिलाई पत्राचार गरी गोरखाहरुको समस्याका बारेमा तत्काल कदम चाल्न अनुरोध गरिने जानकारी दिए ।
बेलायतमा मार्गरेट थ्याचरको पालामा आमरण अनसन बसेका अनसनकारीको मृत्यु भएको दुखान्त उदाहरण पेश गर्दै गाहामगरले गोरखाहरुको अनसन त्यस्तो अवस्थामा पुग्न अघि नै बेलायत तथा नेपाल सरकारलाई आवश्यक कदम चाल्न दबाब दिन बेलायतमा रहेका सबै नेपालीहरु एकजुट भई सहयोग गर्नुपर्ने पनि बताए । अनसनलाई नैतिक, भौतिक, आर्थिक सबै किसिमको सहयोग गर्न उनले अपील गरे ।
सो अवसरमा महासचिव खुशी लिम्बु र अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य समिर खनाल अनसन स्थल पुगेका थिए ।
पूर्व गोरखाहरु ज्ञानराज राई र धनबहादुर गुरुङ साथै पुष्पा घले राना पाँच दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालयको अघिल्तिर आमरण अनसन बसिरहेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’