लन्डन । समान अधिकारको मागसहित लन्डनमा भूतपूर्व गोर्खाहरुले जारी राखेको आन्दोलनमा बेलायतका पत्रकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।
१० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर अमरण अनसनमा बसिरहेका गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुलाई भेटेर पत्रकार महासंघ यूके शाखाका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका हुन् ।
अध्यक्ष ध्रुवराज अर्याल, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत तथा निवर्तमान अध्यक्ष नरेश खपांगीमगर मंगलबार दिउँसो अनसनस्थल पुगेका थिए ।
त्यसअवसरमा शाखाका अध्यक्ष ध्रुवराज अर्यालले गोर्खाहरुको समान अधिकार प्राप्तिको लडाईंमा शाखाको तर्फबाट पूर्ण साथ, समर्थन र ऐक्यवद्धता प्रकट गरे ।
‘अब गोर्खाहरुको मुद्धा भूपू सैनिकहरुको मात्र रहेन । सिंगो नेपाल र सबै नेपालीसँग पनि जोडिएको यो मुद्धामा हामी पत्रकारहरुले पनि पूर्ण साथ, समर्थन र सहयोगको प्रतिवद्धता जनाउन चाहन्छौँ’, अध्यक्ष अर्यालले भने ।
भूतपूर्व गोर्खाहरुको आन्दोलनका पक्षमा बेलायतस्थित नेपाली
मिडियाका तर्फबाट निरन्तर सहयोगको प्रतिवद्धता उनले दोहोर्याए ।
आमरण अनसनमा बस्नेमध्येका एक अभियन्ता ज्ञानराज राईले गोर्खाहरुको अभियान सफलतामा पुग्न मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहने धारणा राखे । आफूहरु अहिले अन्तिम चरणको संघर्षमा रहेको भन्दै उनले आन्दोलनको पक्षमा जनमत बनाउने कार्यमा मिडियाको सहयोग अपेक्षा गरेको बताए ।
गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले राणासहितका तीन अभियन्ता गत शनिबारदेखि आमरण अनसनमा छन् । समितिका अनुसार अहिलेसम्म बेलायत सरकारले कुनै रेस्पोन्स गरेको छैन ।
१० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर रहेको अनसनस्थलमा लगाइएको त्रिपाल मंगलबार बिहान बेलायती प्रहरीले हटाइदिएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा