लण्डन । डायस्पोरामा सक्रिय नेपाली साहित्यकार प्रतिमा केसी अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) सुप्रमा पुरस्कार २०२१ बाट पुरस्कृत हुने भएकी छिन ।
अनेसासले हरेक बर्ष एक उत्कृस्ट कृतिलाई प्रदान गर्ने यो पुरस्कार उनको कृति ‘पानीको बिद्रोह’ कविता संग्रहका लागि प्रदान गरिएको हो ।
बेलायतवासी नेपाली सर्जकहरुका साहित्यिक कृतिहरुमध्ये उत्कृष्ट एक कृतिलाई प्रदान गरिने सो पुरस्कार बेलायती नेपाली डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरद्वारा आफ्नो पिता सुन्दरप्रसाद मानन्धरको स्मृतिमा स्थापना गरिएको हो । अनेसासका सल्लाहकार डा. रुपक श्रेष्ठका अनुसार २५१ पाउण्ड धनराशी रहेको उक्त पुरस्कार अनेसासद्वारा आयोजित भानु जयन्ती तथा ईश्वर मानन्धर जयन्तीको उपलक्ष्यमा आयोजना गरिने विशेष कार्यक्रममा स्व। मानन्धरकी धर्मपत्नी जानकी मानन्धरको बाहुलीबाट प्रदान गरिनेछ ।
अन्तरराष्ट्रिय साहित्य समाज यूकेकी अध्यक्ष लक्ष्मी राई लारा र केन्द्रिय सल्लाहकार द्वय सुमल कुमार गुरुङ र डा। रुपक श्रेष्ठको पुरस्कार छनौट समितिले सो कृतिलाई पुरस्कृत भएको घोषणा गरेको हो । अघिल्ला बर्षहरुमा सुप्रमा पुरस्कारबाट साहित्यकारहरु मुकेश राई, दुर्गाप्रसाद पोख्रेल, केदार संकेत, कृष्ण बजगाई, सुमाया राई, नृपेश उप्रेती र देवेन्द्र खेरेस पुरस्कृत भइसकेका छन ।
श्रीमान र दुई छोराहरुका साथ बेलायतको रेडिंगमा बसोबास गर्ने कवयत्री प्रतिमा केसी डायस्पोराका एक सक्रिय साहित्यकार मानिन्छिन । नेपालमा उनको जन्म गुल्मी जिल्लामा भएको हो भने हाल रुपन्देही जिल्लाको सैनामैना नगरपालिका उनको बसोबास रहेको छ । गजल, मुक्तक, कविता र गीत लेखनमा कलम चलाउने केसीका एकल र संयुक्त गरी थुप्रै कृतिहरु प्रकासित छन । पुरस्कृत केसीका एकल प्रकासनहरुमा ‘पानीको बिद्रोह’ (कविता संग्रह), ‘आगो बनेर जलायो’ (गीत संग्रह) र ‘हिम्मत’ (म्यूजिक भिडियो एल्बम) रहेका छन भने संयुक्त प्रकासनहरुमा ‘अक्षरहरुको पिरामिड’ (गजल संग्रह), ‘संयोग’ (गिती एल्बम), ‘प्रवासका अक्षरहरु’ (गजल संग्रह), ‘गजल गङ्गा’ (गजल संग्रह), ‘गीत गङ्गा’ (गीत संग्रह) ‘मुक्तक महक’ (मुक्तक संग्रह), ‘बेलायतका कवि र कविताहरु’ (कविता संग्रह), ‘नेपाली मुक्तकमा नारी हस्ताक्षर’ (मुक्तक संग्रह) थेम्सका काव्यिक छालहरू (कविता संग्रह), ई(प्रतिनिधी गजलहरु (गजल संग्रह) र ‘प्रणय मुक्तक विशेषांक’ (शारदा विशेषांक) जस्ता संयुक्त प्रकाशन तथा विभिन्न पत्रपत्रिकामा धेरै फुटकर रचनाहरु प्रकाशित छन ।
जनता प्रसारण तथा प्रकासन लिमिटेडले प्रकासन गरेको उक्त कृतिमा ४९ वटा गद्य कविता समाबेश छन भने यसको समीक्षात्मक भूमिका बरिष्ठ साहित्यकार मोदनाथ ‘प्रश्रित’ले लेखेका छन ।
प्रतिमा केसी नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको उपाध्यक्ष, इन्सको अन्तराष्ट्रिय भाषा साहित्य समितिको सचिव र हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनको आजीवन सदस्य लगायतका साहित्यिक संस्थाहरुमा सक्रिय छिन । उनी साहित्य संगम युकेको सस्थापक मध्यको एक हुन ।
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित