लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी माहौल तातिँदै जाँदा युरोप क्षेत्रीय संयोजकमा वर्तमान उपसंयोजक कृष्ण तिमल्सेनाले उम्मेदवारी दिने भएका छन् ।
सन् २००७ देखि एनआरएन अभियानमा आवद्ध तिमल्सिनाले एकदशक एनआरएनको विभिन्न समितिमा रहेर कार्य गरिसकेका छन् । उनी युरोप उपसंयोजक हुनुपूर्व २०१५–०१७ कार्यसमितमा केन्द्रीय सदस्य रहेका थिए । त्यस्तै सन् २०१३-१५ बेलायत राष्ट्रिय समितिको उपाध्यक्ष, सन् २०११-२०१३ बेलायत राष्ट्रिय समितिको सदस्य रहिसकेका छन् । कुराभन्दा काममा बढी विश्वास गर्ने उनी सन् २०१७ मा एनआरएनए युकेको अध्यक्षका प्रत्यासी रहेका थिए ।
मृदुभाषी, शालिन, निष्कपट र निष्कलंक छविका तिमल्सेना नेपलिज सेफ्स एसोसिएसन यूकेका संस्थापक अध्यक्ष तथा संरक्षक हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित