
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा पदमबहादुर गोलेले कार्यसमितिको सदस्यमा उम्मेदवारी दिने भएका छन् ।
मिडल्याण्डस्थित नटिंघममा बसोबास गर्ने समाजसेवी गोले नटिङ्घम नेपाली समाजका वर्तमान कार्यसमिति सदस्य हुन् । मिजासिला स्वभावका उनी पेशाले एक सफल रेष्टुरेण्ट ब्यवसायी हुन् । उनी केही वर्षदेखि ग्रान्थममा रेष्टुरेन्ट ब्यबसाय गर्दै आइरहेका छन्।
पुर्ख्यौली जन्मघर काभ्रेपलाञ्चोक जिल्लाको दाप्चा रहेका गोलेको हालको बसोबास सर्लाहीको लालबन्दीमा रहेको छ।
उनी सन् २०१० देखि बेलायतमा विभिन्न सामाजिक सेवामा संलग्न छन् । बेलायत आउनु अगाडी मध्यपूर्वमा विभिन्न सामाजिक कार्यमा सकृय रहेका थिए । दुबईमा रहँदा उनले दुःखमा परेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सहयोग गरेका थिए । गोलेले त्यसअघि मलेसियामा पनि नेपाल पिडीत राहत सेवा समाजको सचिव भै २००३ देखि २००६ सम्म उल्लेखनीय काम गरेका थिए।
गैरआवासीय नेपाली संघ यूकेको यहि ३१ जुलाईमा निर्वाचन सम्पन्न हुदैछ
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश