लण्डन । बेलायतबाट सन्चालित नेपाली अनलाइन पत्रिका वीनेपाली डटकमको सहसम्पादकमा पत्रकार फातिमा बानु नियुक्त भएकी छिन् ।
सो अनलाइन पत्रिकाको प्रकाशक वीनेपाली डटकम लिमिटेडले शुक्रबार उनलाई सहसम्पादकमा नियुक्त गरेको हो ।
बानु मूलधारको नेपाली छापा तथा अनलाइन पत्रकारितामा सात वर्षदेखि सक्रिय छिन् । रातोपाटी डटकमबाट पत्रकारिता यात्रा शुरु गरेकी बानुले यसअघि कान्तिपुर राष्ट्रिय दैनिकमा स्वास्थ्य बिटमा पाँच वर्ष पत्रकारिता गरेकी थिइन् ।
उनी केही महिनादेखि लण्डनमा बसोबासरत छिन् ।
बानुले पत्रकारितामा स्नातक तथा अंग्रेजी साहित्यमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् । हाल उनी अल्स्टर विश्वविद्यालयबाट एमबीए गर्दैछिन् ।
उनलाई वीनेपाली डटकमका निर्देशक नरेश खपाङ्गीमगरले वीनेपालीमा स्वागत गर्दै सफल कार्यकालको लागि शुभकामना दिएका छन् ।
वीनेपाली डटकम अनलाइन पत्रिका बेलायतमा दर्ता भई विगत सात वर्षदेखि प्रकाशन हुँदै आएको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश