लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयाले युरोपियन कपको फाइनलमा पुग्न सफल इङ्ल्याण्डको राष्ट्रिय फुटबल टोलीलाई शुभकामना दिनुभएको छ ।
महारानीले शनिबार एक ट्वीट गर्दै इङल्याण्ड फुटबल टीमका म्यानेजर ग्यारेथ साउथगेटमार्फत टीम इङल्याण्डलाई आइतबार हुने फाइनल खेलका लागि शुभकामना दिनुभएको हो ।
ट्वीटमा महारानीले ५५ वर्षअघि बबी मुरलाई विश्वकप हस्तान्तरण गर्ने सौभाग्य पाएको र अन्तर्राष्ट्रिय फुटबल टुनामेण्टको फाइनल खेल जित्नुको महत्व खेलाडी, व्यवस्थापन टीम र सहयोगी टीमका लागि कति हुन्छ भन्ने थाहा पाएको बताउनुभएको छ ।
युरोपियन च्याम्पियनसीपको फाइनलमा पुगेकोमा बधाई दिँदै महारानीले भोलिको खेलका लागि शुभकामना दिनुभएकाे छ । उहाँले भन्नुभएको छ- इतिहासले तपाईहरुको सफलता मात्र होइन भावना, प्रतिवद्धता र गौरव पनि कायम गर्नेछ ।
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
कैलाली-१ का रेशम चौधरीको उम्मेदवारी खारेज
हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा
अमेरिकाबाट थप ९० जना नेपाली डिपोर्ट
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ