लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयाले युरोपियन कपको फाइनलमा पुग्न सफल इङ्ल्याण्डको राष्ट्रिय फुटबल टोलीलाई शुभकामना दिनुभएको छ ।
महारानीले शनिबार एक ट्वीट गर्दै इङल्याण्ड फुटबल टीमका म्यानेजर ग्यारेथ साउथगेटमार्फत टीम इङल्याण्डलाई आइतबार हुने फाइनल खेलका लागि शुभकामना दिनुभएको हो ।
ट्वीटमा महारानीले ५५ वर्षअघि बबी मुरलाई विश्वकप हस्तान्तरण गर्ने सौभाग्य पाएको र अन्तर्राष्ट्रिय फुटबल टुनामेण्टको फाइनल खेल जित्नुको महत्व खेलाडी, व्यवस्थापन टीम र सहयोगी टीमका लागि कति हुन्छ भन्ने थाहा पाएको बताउनुभएको छ ।
युरोपियन च्याम्पियनसीपको फाइनलमा पुगेकोमा बधाई दिँदै महारानीले भोलिको खेलका लागि शुभकामना दिनुभएकाे छ । उहाँले भन्नुभएको छ- इतिहासले तपाईहरुको सफलता मात्र होइन भावना, प्रतिवद्धता र गौरव पनि कायम गर्नेछ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश