लण्डन । इङल्याण्डमा कोरोनाविरुद्ध दुवै डोज खोप लगाएकाहरुलाई पहेँलो सूचीमा रहेका मुलुकहरुबाट फर्कँदा जुलाई १९ देखि आइसोलेसनमा बस्न नपर्ने भएको छ ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापले आज बेलायती संसदमा बोल्दै सो घोषणा गरेका हुन् ।
तर यसरी यात्रा गर्ने यात्रुहरुले कोरोना टेष्ट भने गर्नपर्ने उनले स्पष्ट पारेका छन् ।
बेलायतले कोरोना भाइरसको संक्रमणको दर हेरी विभिन्न मुलुकहरुलाई हरियो, पहेँलो र रातो सूची राखेको छ । जसमध्ये हरियोमा बिना आइसोलेसन यात्रा गर्न पाइन्थ्यो भने पहेँलो सूचीमा रहेका मुलुकहरुमा यात्रा गर्दा घरमै आइसोलेसनमा बस्न पर्दथ्यो । नयाँ प्रावधानअनुसार अब पहेँलो सूचीमा रहेका मुलुकहरुबाट इङल्याण्ड आउँदा अब आइसोलेसनमा बस्नपर्ने छैन ।
तर नेपाललगायत रातो सूचीमा रहेका मुलुकहरुबाट इङल्याण्ड आउँदा होटलमा क्वारेन्टीनमा बस्नपर्ने नियम भने यथावतै रहेको मन्त्री सापले बताएका छन् ।
भारत, नेपाल लगायतका मुलुकहरुलाई बेलायतले रातो सूचीमा राखेको छ र त्यसको पुनरावलोकन जुलाई १५ मा हुँदैछ ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग