लण्डन । विभिन्न पेशा र व्यवसायमा सफलता पाएका पेशेवरहरुले ‘अनलिस युअर इनर सेल्फ’ कार्यक्रममा आफ्नो अनुभव साटेका छन् ।
अल्डरसटस्थित माउसटेल वेभ सर्भिसेजले आयोजना गरेको दुई दिने सो कार्यक्रममा पहिलो दिन कविता घर्ति मगर गुरुङले नृत्य सिकाइन् भने लाइफकोच इन्द्र गुरुङले जीवन रुपान्तरण गर्ने बारेमा प्रस्तुति दिए । बेलायतका व्यवसायी आशबहादुर गुरुङले धेरैवटा क्षेत्रबाट आम्दानी कसरी गर्न सकिन्छ भन्ने बारेमा आफ्नो अनुभव सुनाए । यस्तै अर्का व्यवसायी धन लामाले आफ्नो क्याफे ब्यापारको बारेमा जानकारी दिए ।
दोस्रो दिन पनि कविता घर्ति मगर गुरुङको नृत्य कक्षाबाट सेसन शुरु भएको थियो । त्यसपछि पत्रकार दिपेन्द्र श्रेष्ठले नेतृत्व विकास र डा मिलन ज्ञवालीले सफलता कसरी मापन गर्ने भन्ने बारेमा सिकाए ।
कार्यक्रममा उपस्थितहरुले कार्यक्रम धेरै लाभदायी रहेको बताए भने माउसटेलका प्रबन्धक आगामी दिनमा यस्तै कार्यक्रम गरिने बताए ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित