लन्डन । बेलायतमा वार्षिक रुपमा आयोजना हुँदै आएको पीपल गल्फ च्याम्पिनशिप यो वर्ष आउँदो जुलाई ३१ तारिख शनिबार बेजिंगस्टोकस्थित शेरफिल्ड ओक मैदानमा हुने भएको छ ।
गोर्खा गल्फ सोसाइटी यूकेको आयोजना तथा पीपल मोर्गेजेजको प्रायोजन रहने प्रतियोगितामा डिभिजन ए, बी र सी गरी तीन फरक फरक समूहमा बेलायतवासी नेपाली खेलाडीहरुबीच प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताको ‘ग्रस विजेता’ लाई पुरस्कारस्वरुप तीन सय पाउण्ड र ‘ग्रस फर्स्ट रनर अप’ लाई डेढ सय पाउण्ड तथा ‘नेट विजेता’ लाई तीन सय र ‘नेट रनर अप’ लाई डेढ सय पाउण्ड नगदसहित ट्रफीहरु प्रदान गरिनेछ ।
त्यस्तै, डिभिजन ए, बी र सीतर्फ हरेक विधामा विजेतालाई डेढ सय पाउण्ड, पहिलो रनर अपलाई एक सय पाउण्ड तथा दोस्रो रनर अपलाई ७५ पाउण्डको नगद एवम् ट्रफीसहितको पुरस्कार दिइनेछ । प्रतियोगितामा सिनियर तथा खुलातर्फ गरी दुई विधामा ‘लंगेस्ट ड्राइभ वीनर’ लाई ५० पाउण्ड नगद र ट्रफीको पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, ‘निअरेस्ट टु द पिन’ का आधारमा ‘पार थ्री’ र ‘पार फोर’ तर्फका उत्कृष्टलाई ५० पाउण्डका दरले नगद र ट्रफी दिइनेछ । ‘सिनियर वीनर’ का लागि पनि ट्रफी र एक सय पाउण्ड नगदको छुट्टै पुरस्कार व्यवस्था छ ।
प्रतियोगितामा सहभागी बन्न ईच्छुक खेलाडीहरुले आयोजक समूहका गीताजंग गुरुङलाई 07825744058 मा सम्पर्क गर्न सक्नेछन् । आयोजक गोर्खा गल्फ सोसाइटीले बेलायतभरका ईच्छुक नेपालीलाई सहभागिताको लागि आव्हान गरेको छ । प्रतियोगितालाई हरेक वर्ष प्रायोजन गर्दै आएको पीपल मोर्गेजेजका निर्देशक सूर्यप्रकाश गुरुङ बेलायतको नेपाली समुदायमा गल्फ खेलप्रतिको आकर्षण बढाउन प्रतियोगिता सहयोगी बन्नेमा आशावादी छन् ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित