लण्डन । बेलायतमा स्वास्थ, धन र नेतृत्व विकासलगायत विषयमा आगामी जुलाई ३ र ४ तारिखमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ ।
‘अनलिस योर इनरसेल्फ’ शीर्षकमा हुने सो कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुको उपस्थिति रहने आयोजक माउसटेल वेब सर्भिसेस् अल्डरसटका निर्देशक मान गुरुङले जानकारी दिए ।
बेलायतको स्थानीय समयअनुसार बिहान ९ देखि दिउँसो २ बजेसम्म हुने कार्यक्रममा नेपाल, बेलायत लगायत संसारभरबाट सहभागी हुन पाइने निर्देशक गुरुङले बताए । उनका अनुसार सशुल्क हुन लागेको कार्यक्रमबाट वचत रकमको निश्चित प्रतिशत कोभिड महामारी पीडित नेपालका दुर्गम क्षेत्रमा सहयोग गर्ने पनि घोषणा गरिएको छ ।
सो कार्यक्रम आयोजना गर्नुको कारण खोतल्दै गुरुङ भन्छन्, ‘हामीले नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कसरी रुपान्तरण गर्ने, कसरी विकास गर्ने, कसरी प्रगति गराउने भन्ने सोचले डिजाइन गरिएको कार्यक्रम हो ।’ यो कार्यक्रम नौलो रहेको सकभर यसलाई भव्य बनाउने कोसिसमा आफू लागिरहेका उनी बताउँछन् । यसअघि पनि धेरे कार्यक्रम गरिसके पनि यसपटक स्वास्थ्य, व्यापार, सामाजिक विषय समेट्नुको कारण बारे सोध्दा उनी मानिसलाई लागि स्वास्थ्य, सम्वृद्धि र खुशी चाहिन्छ । मानिसलाई शान्ति चाहिन्छ । यसका लागि शान्तिका कोचहरु आउँदै गरेको उनी बताउँछन् । यस्तै सम्वृद्धिका लागि लगानी चाहियो । व्यापार गरोस् वा काम । त्यसलाई कसरी गर्दा राम्रो हुन्छ भन्ने उदाहरणहरु वक्ताहरुले बताउने उनी जानकारी दिन्छन् । यस्तै नेपाली समुदाय कसरी विकास भइरहेको छ । विशेषत: नेपालमा राजनीतिक परिवर्तनसँगै सामाजिक परिवर्तन पनि सँगसँगै आइरहेको छ । समुदायमा सामाजिक कुरालाई कसरी अझ प्रभावकारी बनाउने, कसरी उपलब्धि हासिल गराउने भन्नेमा अनुभवी लेक्चरहरुले जानकारी दिने उनको भनाइ छ ।
यसपटक अन्तर्राष्ट्रिय रुपमा परिचित कोच एनएलपी हिलर इन्द्र गुरुङ, मिडियाकर्मी दीपेन्द्र श्रेष्ठ र डा. मिलन ज्ञवाली कोच रहेका छन् । उहाँहरुको विभिन्न क्षेत्रमा दक्षता छ । यस्तै बेलायतमा नेपाली समुदायबाट पहिलो रिटेल इन्भेस्टर एवं ठूला होलसेलहरु सञ्चालक प्रोपर्टी इन्भेस्टर आशबहादुर गुरुङ र मान गुरुङ आफ्नै पनि प्रस्तुति रहनेछ ।
बेलायतमा जुन २१ तारिखमा हुने कोभिड १९ सम्बन्धी नियमहरुलाई हेरेर कार्यक्रमको तरिका निर्धारण गरिने छ । नेपालबाट जुममा र बेलायतबाट प्रत्यक्षरुपमा भेट हुने शुरुको सोच आयोजकहरुको छ । यस कार्यक्रमले नेपाली कम्युनिटीलाई एक कदम अगाडि विश्वास आयोजकको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन