लन्डन । रेडिङ नेपाली समाज (जी आर एन सी ए) ले नेपालको कोभिडविरुद्ध लडाईंमा साथ दिंदै स्वास्थ्य उपकरण नेपाल पठाएको छ ।
समाजले १० लिटर क्षमताको ५ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाएको हो ।
समाजका अध्यक्ष टेक गुरुङका अनुसार नवलपरासी डाँडासुस्ता पूर्वस्थित मध्यविन्दु जिल्ला अस्पताललाई ती कन्सनट्रेटरहरु हस्तान्तरण गरिसकेको छ । नेपालमा रहेका स्वयंसेवक तथा संयोजक डा. पुष्पमणी खरालको संयोजनमा गत १४ जुनमा अस्पताललाई उपकरण दिइएको हो ।
जीआरएनसीएले कोभिड १९ महामारीका बेला महावीर पुनको च्यारिटी संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई तीन लाख रुपैयां सहयोग गरेको थियो ।
सन् २००१ मा स्थापित उक्त संस्था सन् २००८ मा च्यारिटी कमिसनमा दर्ता भएपछि यसले सामाजिक कार्यलाई तीव्रता दिइरहेको छ ।
समाजका ५५ स्वयंसेवकहरुको टिमले रेडिङ र हवीट्ली पिसिएन सेन्टरमा १८ हप्ता भन्दा बढी स्वयंसेवा गरेपछि ‘पिपुल्स् अवार्ड’ समेत पाएको थियो ।
समाजका कार्यवाहक महासचिव मणी सुवेदीमार्फत स्वयंसेवा भएको थियो ।
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती