लण्डन । तनहुँ समाज युकेले तनहुँका सबै स्थानिय निकायमा रहेका आइसोलेसन केन्द्रहरुमा अक्सिजन सिलिण्डर तथा स्वास्थ्यसामग्री सहयोग गर्ने भएको छ ।
समाजका अध्यक्ष लेख गुरुङका अनुसार बेलायतमा रहेका समाजका सदस्यहरुबाट सहयोग संकलन गरी सहयोग गर्न लागिएको हो ।
समाजले कोरोना भाइरसको संक्रमणका कारण तनहुँका विभिन्न स्थानमा मानिसहरु प्रभावित भएको भन्दै उनीहरुको उपचारमा सघाउन यस्तो सहयोग गर्न लागिएको हो । यसरी संकलित रकम सबै स्थानिय निकायमा न्यायपूर्ण रुपमा वितरण गरिने पनि समाजले जनाएको छ ।
समाजले संकलन गरेको ४ हजार ८८५ पाउण्ड नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाका सभापति इन्द्रबहादुर आलेमार्फत तनहुँ उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिने र संघमार्फत आइसोलेसन केन्द्रहरुमा पुर्याइने छ ।
समाजले सहयोगदाताहरुलाई हार्दिक धन्यवाद दिएको छ ।
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश