
गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ ।
विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि आर्थिक सहायता प्राप्त भएको थियो ।
चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको तथा नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो । यसैगरी एनआरएनए अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिण्डर खरीदसहित एक हजार १५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको तथा दुर्गम क्षेत्रमा पठाउने अभियान जारी छ । विश्वभरिबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?