लण्डन । इलाम जिल्लाको कोरोना पीडितहरुको उपचार र नियन्त्रणका निम्ती इलाम समाज बेलायतले तत्काल १४ लाख पचास हजार बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।
समाजकी अध्यक्ष प्रमिला लाबुङ राईले सो जानकारी दिनुभएको हो । उहाँको अनुसार इलाम जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको निम्ती प्रत्येकलाई दुई/ दुई थान अक्सिजन कन्सन्ट्रेटर र दस/ दस थान अक्सिमिटर प्रदान गरिने छ । जसको निम्ती जम्मा २० थान अक्सिजन कन्सन्ट्रेटर र १०० थान अक्सिमिटर बेलायतबाटै पठाइदैछ । ती सामग्रीहरु बेलायतका निम्ती नेपाली राजदुतावासको पहलमा बेलायतबाट नेपालसम्म पुर्याइनेछ भने काठमाण्डौबाट इलामसम्म पुर्याई सम्बन्धित नगर तथा गाउँपालिकालाई वितरण गर्नको निम्ती सुर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले जिम्मेवारी वहन गर्नु हुने छ । जसको निम्ती सम्पूर्ण सामाग्री र आवश्यक कागजपत्रहरु तयार भइसकेको छ र ती सामाग्रीहरु यथासक्य नेपाल प्रस्थान हुने पनि अध्यक्ष राईले जानकारी दिनु भयो ।
सन् २००९ मा गठित इलाम समाज बेलायतले देशमा भैपरी आएका हरेक विपत्तिलगायत गम्भिर अवस्थाका विमारीहरुको उपचारार्थ सहयोग पुर्याउँदै आएको छ । जसमा उल्लेखनीय रुपमा प्रत्येक गाविसहरुको निम्ती स्ट्रेचर वितरण, इलामको गोदकस्थित वृद्धाश्रमको निम्ती अत्यावश्यक सामाग्रीहरु, महाभुकम्पको समयमा आर्थिक सहयोग, जिल्लाका विभिन्न स्थानहरुमा भएका आगलागीमा परेका पीडितहरुको निम्ती आर्थिक र भौतिक सहयोग, जिल्लाव्यापी फुटबल प्रतियोगिताको निम्ती आर्थिक सहयोग जस्ता कार्यहरु छन् । इलामलाई पर्यटकीय स्थलको रुपमा विश्वसामु चिनारी दिलाउने हेतुले “इलाम हाम्रो पहिचान” नामक इलाम जिल्लाका विभिन्न धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थल र सम्पदा अनि विषेश व्यक्तित्वहरुलाई समेटेर वृत्तचित्र निर्माण पनि गरेको छ । बेलायतमा बसोबास गरिआएका इलामेहरुको ऐक्यवद्धताको प्रतीक मानिने यो संस्था विशुद्ध सामाजिक संस्था हो सोही अनुरुप सामाजिक कार्यहरुमा अग्रसरतापूर्वक संस्थाका सदस्यहरु मात्रै नभएर सम्पूर्ण बेलायतबासी इलामेहरुले हरेक सुखदुखमा आर्थिक, भौतिक र मानसिक रुपले यस्ता सत्कार्यमा हातेमालो गर्ने गरेका छन् । यो पटक पनि सदस्यहरुकै आर्थिक सहयोग संकलनबाट कार्य सफलतामा अग्रसर भइरहेकोमा अध्यक्ष राईले खुशी साथै बेलायतवासी सम्पूर्ण इलामेहरुप्रति हार्दिक आभार व्यक्त गरेकी छिन् र आगामी दिनहरुमा पनि अझै सशक्त रुपले ऐक्यबद्ध रही अगाडी बढ्ने कुरोमा आफू विश्वस्त रहेकी बताएकी छिन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने