लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष पदमा युवा अभियन्ता राजन खकुरालले उम्मेदवारी दिने भएका छन । आगामी जुलाई ३१ मा हुन लागेको एनआरएनए यूके निर्वाचनमा खकुरालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । एनआरएनए अभियानमा जोडिएका खकुरालले यसपटक संस्था भित्रै वसेर काम गर्न लागेको बताए । ‘यो अभियानमा सबैको साथ र हौसला अपेक्षा राखेको छु’, उनले भने ।
एनआरएनए यूके सल्लाहकार रहेका खकुरालले पुर्व अध्यक्ष योगकुमार फगामी नेतृत्वको कार्यसमितिमा सदस्यका रुपमा काम गरेका थिए । उपाध्यक्ष उम्मेदवारको रुपमा अघि बढेका खकुरालले एनआरएनए जस्तो प्लेटफर्मलाई नेपाली समुदायहरुको हितमा प्रयोग गर्ने अठोट गरेका छन । एनआरएनए आइसीसीमा कोष परिचालन विभागमा सचिवका रुपमा काम गरिरहेका छन् ।
खकुरालले गत अप्रिल २०२० मा धादिङबेसीस्थित जिल्ला अस्पताललाई आइसीसीमार्फत् करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्रदान गर्ने काममा सकृय भुमिका खेलेका थिए । अन्तरराष्ट्रिय धादिङ समाजका प्रवक्ता समेत रहेका खकुराल बुद्ध फाउन्डेसन यूकेमा कोषाध्यक्ष र नेप्लिज् युथ एशोसिएसन यूकेमा उपाध्यक्ष छन् ।
सन् २०१५ मा ब्लड क्यान्सरपीडित हेमन्तकुमारी थापालाई साढे दुई लाख उपचार खर्च जुटाइदिएका उनले सन् २०१५ मा महाभूकम्पको बेला बेलायतबाट डेढ लाख सहयोग पठाउन सहसंयोजकको भूमिका खेलेका थिए । खकुरालले सन् २०१६ स्पाइनल कर्ड इन्जुरीको उपचारका लागि रमेश मिजारलाई डेढ लाख सहयोग जुटाउने कार्यको पनि संयोजन गरेका थिए ।
बेलायतस्थित लण्डनको विश्वप्रसिद्ध लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरालले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गरेका थिए ।
धादिङ घर भएका खकुराल २०१० मा बेलायत आउनुअघि काठमाडौं विश्वविधालयबाट ‘जेनेरल मेडिसिन’ पूरा गरेका थिए । अहिले उनी बेलायतको फार्मेसी तथा हेल्थ एन्ड ब्यूटी रिटेलर कम्पनी ’बुट्स’ मा फार्मेसी असिस्टेन्ट म्यानेजरका रुपमा कार्यरत छन् । आफ्नो पेशा, समाजसेवाका अलावा उनी विभिन्न व्यापार-व्यवसायमा पनि संलग्न छन् ।
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]