लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष पदमा युवा अभियन्ता राजन खकुरालले उम्मेदवारी दिने भएका छन । आगामी जुलाई ३१ मा हुन लागेको एनआरएनए यूके निर्वाचनमा खकुरालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । एनआरएनए अभियानमा जोडिएका खकुरालले यसपटक संस्था भित्रै वसेर काम गर्न लागेको बताए । ‘यो अभियानमा सबैको साथ र हौसला अपेक्षा राखेको छु’, उनले भने ।
एनआरएनए यूके सल्लाहकार रहेका खकुरालले पुर्व अध्यक्ष योगकुमार फगामी नेतृत्वको कार्यसमितिमा सदस्यका रुपमा काम गरेका थिए । उपाध्यक्ष उम्मेदवारको रुपमा अघि बढेका खकुरालले एनआरएनए जस्तो प्लेटफर्मलाई नेपाली समुदायहरुको हितमा प्रयोग गर्ने अठोट गरेका छन । एनआरएनए आइसीसीमा कोष परिचालन विभागमा सचिवका रुपमा काम गरिरहेका छन् ।
खकुरालले गत अप्रिल २०२० मा धादिङबेसीस्थित जिल्ला अस्पताललाई आइसीसीमार्फत् करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्रदान गर्ने काममा सकृय भुमिका खेलेका थिए । अन्तरराष्ट्रिय धादिङ समाजका प्रवक्ता समेत रहेका खकुराल बुद्ध फाउन्डेसन यूकेमा कोषाध्यक्ष र नेप्लिज् युथ एशोसिएसन यूकेमा उपाध्यक्ष छन् ।
सन् २०१५ मा ब्लड क्यान्सरपीडित हेमन्तकुमारी थापालाई साढे दुई लाख उपचार खर्च जुटाइदिएका उनले सन् २०१५ मा महाभूकम्पको बेला बेलायतबाट डेढ लाख सहयोग पठाउन सहसंयोजकको भूमिका खेलेका थिए । खकुरालले सन् २०१६ स्पाइनल कर्ड इन्जुरीको उपचारका लागि रमेश मिजारलाई डेढ लाख सहयोग जुटाउने कार्यको पनि संयोजन गरेका थिए ।
बेलायतस्थित लण्डनको विश्वप्रसिद्ध लर्डस् रंगशालामा नेपाल र एमसीसीबीच भएको ऐतिहासिक क्रिकेट प्रतियोगितामा खकुरालले टिकेटिङ कोअर्डिनेटिङको भूमिका निर्वाह गरेका थिए ।
धादिङ घर भएका खकुराल २०१० मा बेलायत आउनुअघि काठमाडौं विश्वविधालयबाट ‘जेनेरल मेडिसिन’ पूरा गरेका थिए । अहिले उनी बेलायतको फार्मेसी तथा हेल्थ एन्ड ब्यूटी रिटेलर कम्पनी ’बुट्स’ मा फार्मेसी असिस्टेन्ट म्यानेजरका रुपमा कार्यरत छन् । आफ्नो पेशा, समाजसेवाका अलावा उनी विभिन्न व्यापार-व्यवसायमा पनि संलग्न छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने